रेखदेख संवाददाता रुकुम । जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रम रुकुमको जिल्ला स्थित सरोकारवाला निकायले संयुक्त अनुगमन गरेका छन् । शनिवार जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रम रुकुम अन्र्तगत रुकुमकोट र अर्मा गाविसमा सञ्चालन गरिएका विकास निर्माण कार्यक्रमको सयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा रुकुमकोट गाविसमा निर्माण भएका बस्ती जोगाउन रुकुमकोट ४ खोपीचारमा रहेको तारजाली, काठेपुल, लुस्पा पोखरा सिचाई आयोजना रुकुमकोट ५ र ६ , ढकालवारा खानेपानी आयोजना रुकुमकोट २, धानेउबजार जोगाउन तारजाली आयोजना रुकुमकोट १ र कृषि उपज संकलन केन्द्र रुकुमकोट ६ को अनुगमन गरिएको थियो । भने स्थानीवासीसँग योजनाको बारेमा समेत छलफल गरिएको थियो । छलफलको क्रममा ‘स्थानीयले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले आयोजना निर्माण गरिदिएर सहजता बनाएको जनाएका थिए ।’ भने निरन्तताको लागि समेत रुकुमकोट २ का यमबहादुर हमाले आग्रह गरे । यस्तै छलफल कार्यक्रमै बोल्दै विमला वुढाथोकीले खानेपानी आयोजनाको इन्टेक निर्माण गरिदिए पनि धारा र पाईप नहुँदा केही समस्या हुने जानकारी दिईन । छलफल कार्यक्रमममा जिल्ला विकास समिति रुकुमका योजना अनुगमन तथा प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद नेपालले रुकुमकोट गाविसका स्थानीयवासीले कम लगानीमा कडा परिश्रमले आयोजनाहरुको राम्रो काम गरेको जनाए । उनले भने, ‘रुकुमकोटका हरेक योजनाहरुको काम प्रभावकारी रहेको जानकारी दिए ।’ अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुकुमका वेदप्रसाद लुईटेल, जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला जलवायु परिवर्तन सहयोग अधिकृत दिनेश आचार्य लेखापाल गणेश पुन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थित रहेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: