Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुममा पौने ७ करोड राजश्व संकलन

रेखदेख संवाददाता रुकुम । रुकुममा झण्डै पौन ७ करोड रुपैयाँ बरावरको राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७१ ÷७२ मा रुकुममा कुल रु ६ करोड ६० लाख २२ हजार ३ सय ४२ रुपैयाँराजश्व संकलन भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुमले जनाएको छ । जसमा जिल्ला प्रशासन कार्यालय रुकुमबाट ३५ लाख ८१ हजार ९ सय २२ रुपैया राजश्व संकलन भएको छ । यसका साथै जिल्ला बन कार्यालयको रु २९ लाख ८० हजार ५ सय ३ रुपैया, मालपोत कार्यालय रुकुमले रु ६९ लाख ५६ हजार २ सय २० रुपैया , नापी कार्यालय रुकुमको रु ३ लाख ८५ हजार ७ सय ६९ रुपैया घरेलु तथा साना उद्योग विकास समिति रुकुमले २१ लाख ४८ हजार २१ रुपैया र जिल्ला विकास समिति रुकुमले ५३ लाख ३९ हजार ६ सय ८६ रुपैया राजश्व संकलन गरेको छ । भने जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रु २ करोड ७७ लाख २६ हजार ६ सय २२ रुपैयाँ संकलन गरेको छ । यसका रुकुमका उद्योग व्यापार, होटेल व्यवसाय संघलगायतका अन्य नीजि तथा सरकारी कार्यालयबाट १ करोड ६९ लाख ३ हजार ५ सय ९९ रुपैया गरी जम्मा ६ करोड ६० लाख २२ हजार ३ सय ४२ रुपैया राजश्व संकलन भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुमका कोष नियन्त्रक कर्णबहादुर बोहराले जनाए । उनले भने गत वर्षको तुलनामा यस वर्ष करिव १० प्रतिसतले राजश्व संकलन भएको छ । विशेष गरी रुकुममा यस वर्ष वैदेशिक रोजगार, जग्गा रजिष्टेशन र जडिवुटी ओसार पसार तथा उद्योग व्यापारबाट राजश्व संकलनमा बृद्धि भएको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply