Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुममा दलित आन्दोलनलाई राजनैतिक दलको समर्थन

रेखदेख संवाददाता रुकुम । नयाँ संविधानमा दलित हक अधिकार सुनिश्चित गर्न माग गदै दलित समुदायले गरेको आन्दोलनमा रुकुमका राजनैनितिक दलले समर्थन गरेको जनाएका छन् । बिहीबार संयुक्त दलित राजनैतिक संघर्ष समितिले गरेको संघिय निकायमा दलित समुदायको अधिकार र हाम्रो प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रममा रुकुमका प्रमुख राजनैतिकदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका प्रमुखहरुले दलित आन्दोलनमा साथ र समर्थन रहेको प्रतिवद्धता जनाएका हुन् । संयुक्त दलित राजनैतिक संघर्ष समितिले राखेको ९ बुदेँ मागको बारेमा वोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव हर्कसिङ खत्रीले दलित समुदाय पुर्खौदेखि दलित समुदाय थिचोमिचोमा रहेको हुँदा नयाँ वन्ने संविधानमा दलितहरुलाई विशेष हक अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस सदैव दलितहरुको पक्षमा रहेको जानकारी छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष विमल पुनले पुरानो राज्य सक्ताका कारण दलित समुदाय पछाडि परेको जनाएका छन् । नयाँ वन्ने संविधानमा दलितहरुका अधिकार सुनिश्चित गर्न हरेक तह र तप्कामा समावेशी सहभागीता रहेको जनाएका छन् । त्यस्तै एनेकपामाओवादीका अध्यक्ष गोपाल शर्मा एमाओवादी जव सम्म रहन्छ, तव सम्म दलितको पक्षमा हुने प्रतिवद्धता जनाएका छन् । भने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, नागरिक समाजका अगुवा डा. नवराज गौतम र नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तन समेत नयाँ सविधान दलित मैत्री हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संयुक्त दलित राजनैतिक संघर्ष समितिका सदस्य प्रविर ददेल अध्यक्षतामा संयुक्त दलित राजनैतिक संघर्ष समितिका सदस्य गणेश सेर्पालीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संयुक्त दलित राजनैतिक संघर्ष समितिका सदस्य चिना विकले दिएको जनाएको छ । कार्यक्रममा राजनैतिक दलको प्रमुख तथा प्रतिनिधी दलित अधिकार कर्मी तथा नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार उत्पीडित जातिय मुति समाजका केन्द्रिय सदस्य आशा स्वर्णाकार र नेपाल राष्ट्रिय दलित मुतिमोर्चाका केन्द्रिय सदस्य रातो कामी र नेपाल राष्ट्रिय दलित मुतिमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मनबहादुर वादीको अथित्यता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे दलित अधिकार कर्मी नेपाल राष्ट्रिय दलित मुतिमोर्चाका केन्द्रिय सदस्य रातो कामीले प्रष्ट पारेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply