Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » रुकुमको सुन्दरताको बयान गरी साध्यै छैन्

हरियाली क्षेत्र । अग्ला हिमाली पहाडहरु । घना मगर वस्ती । अनि मनै लोभाउने रमणीय दृश्यहरु । अझै माथी टलक्क टल्केका सेता हिमाल । त्यसमाथि कार्पेट बिच्छाए झै रमणीय फुल तथा पाटनहरु । भेडी खर्कहरुमा चरण चरी रहेका भेडाका बथानहरु । घुम्दै रमाउन चाहनेहरु जो कसैको लागि अब एउटा नयाँ नाम थपिएको छ रुकुम । रुकुम साच्चिकै सुन्दर छ । अझै यसमा शोभा बडाएका छन यहाँका अनगिन्ती हिमाल, झरणा, ताल तलैया र प्राकृतिक सम्पदाहरुले प्राकृतिक सुन्दरताको रुकुम खानी हो । मध्यपश्चिम विकास क्षेत्रको दुर्गम तथा भौगलिक विगटताको जिल्ला भएपनी रुकुम सुन्दरता र पर्यटकीय क्षेत्रको बयान गरी साध्य छैन् । रुकुममा विध्यमान गरिबी, वेरोजगारी, पछौटेपन, र बिकास निमार्णको दृष्टिले पछाडी रहे पनि रुकुम पुग्दा जो कोहीलाई लठठै पार्ने सुन्दरताको खानी नै छ । बाउन्न पोखरी त्रिपन्न टाकुरीको नामले परिचित रुकुमको धेरै ऐतिहासीक महत्व जिल्लाको पुर्वी भागमा अवस्थित रुकुमकोटको ऐतिहासीकता र प्रसिद्धिबाट रुकुम जिल्लाको नाम रहँन गएको किवंदन्ति रहेको पाईन्छ । बाईसे चौबिसे राज्यकालमा स(साना टुक्रामा विभक्त राज्यहरु मिलाएर रुकुम जिल्लाको अस्तित्व कायम रहन गएको बुझिन्छ । दाङको तुल्सीपुरबाट सल्यान श्रीनगर हुँदै करीब ८ घण्टे बस यात्रा पश्चात भेटिन्छ रुकुम । सल्यान सिमाना खौलाबजारदेखी सुरु हुने रुकुमको अनुपम प्राकृतिक सौन्र्दयताले झुल्नेटा नपुग्दै मोहित पारिसकेको हुन्छ । यहाँको प्राकृतिक सौन्र्दयताले । सधँै पोखरा, सौराहा, नगरकोट र सोलुतिर घुम्ने जो कसैका लागि रुकुम नयाँ प्रवेशद्धार बन्न सक्दछ । र नयाँ पर्यटकीय गन्तव्य समेत बन्ने सक्दछ । किनकी रुकुमको जहाँ पुग्नु त्यही रमाईला तथा पर्यटकीय क्षेत्रहरु छन् । भने रुकुमको संस्कृतीबारे जान्न सहज समेत रहको छ । स्यार्पुताल र उसैको बहिनी भनेर चिनिने स्यानिदह, सिमैछरी झरणा, कमलताल, देउराली गुफा, पोखरा गाविसमा अवस्थित तातोपानीका मुहानहरु, तकसेराको मगरबस्ती, रन्मामैकोटको पुथा हिमाल, बुकीपाटन, नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनको ६० प्रतिशत क्षेत्रपनी रुकुममै देख्न सकिन्छ । जहाँ विश्वमै दुर्लभ हिँउ चितुवा, हिमाली थार नाउर, रतुवा, कस्तुरी, रेडपाण्डा, झारल, डाँफे, लरुवा जस्ता जंगली जीवजन्तुहरुको बासस्थान यहाँको बुकीपाटनहरुमा देख्न पाईन्छ । यात्राकै क्रममा रुकुममा पाईने भेडाको ऊनबाट रुकुममै बुनेका राडिपाखी, गलैचा, गुन्द्री जस्ता कपडाहरु उपहारको रुपमा हातमै थमाईदिन मिजाशिला मगरहरु पछि पर्दैनन । उसो त सिजनमै जाने हो भने यार्सागुम्बा, कटुकी, पाँचऔले, समायो (सुगन्धवाल), पदमचाल, सर्पगन्धा, कुरिलो जस्ता बहुमुल्य जडिबुटीहरु पनि कोसेलीको रुपमा ल्याउन सकिन्छ । सिस्ने हिमाल, पुथा हिमाल, वुकीपाटन, चित्रिपाटन, डिग्रे शाईकुमारी मन्दिर, शिद्धवराह, कालिका मन्दिर, वुकीपाटनतिरका जलाखीहरुका साथै मगरहरुको संस्कृती, भेडीगोठालाहरुको जीवनशैलीले पनि सबैलाई रोमाञ्चित तुल्याईदिन्छ । यसका साथै रुकुम गाउँ गाउँमा परम्परागत रुपमा लाग्ने मेला तथा जात्राहरुले रुकुमको पर्यटकीय क्षेत्रलाई थप आर्कषित बनाउने गरेको छ । विशेषगरी नाथीगार, कुनाखेत, डिग्रे मेला, स्यानिपिपल जस्ता परम्परागत जात्रा तथा मेलाहरुमा रुकुमको पहिचान दिने संगारु, मयुर, टप्पा, मगरहरुको बलपुजा(भुम्या नाँच), लहरेनाँचे, ख्यालीनाच र रुकुमेली संस्कृतीले नयाँ आगन्तुक जो कसैका पनि आर्कषण बन्न सक्छन । अटुट रुपमा बहने र उत्तरगंगाको नामले परिचित सानोभेरी नदीको नागवेली स्वरुप हेर्दै रुकुमका सवै रमणीय स्थलहरु एक फन्कोमै हेर्न सकिन्छ । साथै नेपालको एक मात्र कमल फुल्ने कमलताल, साँख दहलगायतका तालतलैया रुकुममा पर्दछन् । यसका साथै नेपालको एक मात्र सिकार आरक्षण टोरपाटन सिकार आरक्षण पनि रुकुम जिल्लाको पूर्वी भागमा पर्दछ । भने रुकुमका रमणिय पर्यटकीय बस्तीहरु तकसेराको तकगाउँ, कोल गाविसमा रहेको कोलगाउँ, काक्रीको लुकुमगाउँ, महत, रुकुमकोट, माछिमीज्यूला, आठविसकोट, वाफिकोट, छिवाङज्यूला, चौरजहारी लगायतका वस्तीहरुले समेत रुकुम आउने पर्यटकलाई स्वागतको लागि तम्तयार भइ बसेका छन् । भने १२ वर्षे द्धन्दको क्रममा चर्चित खारा, साँख, महत, पीपल, ,चुनवाङजस्ता क्षेत्रहरु समेत यस जिल्लामा पर्दछ । यस क्षेत्रमा १२ वर्षे शसस्त्र द्धन्दको प्रभाव र त्यस क्षेत्रका बासिन्दाको जीवनशैलीको समेत अवलोकन तथा अध्ययन गर्न सकिन्छ । रुकुममा सानी भेरीका माछा, कमलतालमा फुल्ने कमलको अचार, मगरसमुदायको खाना ढिडो, सिस्नो, तकसेराको स्याउ, भलाक्चाको नास्पती, सिजनमा साँख र चौखावाङका काफल, स्यालापाखा र चौखौवाङ गाविसको सुन्तला समेत खानपाईन्छ । यसका साथै भेडी ऊन तथा अल्लोबाट निर्माण गरिएका राडिपाखी समेत किन्न पाईन्छ । भने रुकुममा १२ वर्षे शसस्त्र द्धन्दले नविग्रेको रुप हेर्न जानै पर्ने जिल्ला हो । यसको प्राकृतिक सुन्दरताको बयान गरी साध्यनै छैन् । Prabir.rukum@gmail.com

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply