सुमित्रा केसी
महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यसमा प्रवेश गर्न जति सजिलो छ काम गर्न र निरन्तरता दिन त्यति नै अप्ठयारो छ । पुरुष पत्रकारलाई पत्रकारिता गर्न जति सजिलो छ महिलालाई भने त्यति सजिलो छैन् ।
महिलाले पत्रकारितासँगै घरको कामलाई पनि समय दिनुपर्छ । उनीहरुमा एक खालको पारिवारिक जिम्मेवारी पनि पुरुषको भन्दा अलि बढि नै हुन्छ । बाहिर जतिसुकै गफ छाँटे पनि साँझ बिहान घरको जिम्मेवारी नसम्हाली हुदैँन । एउटा पुरुषलाई पत्रकारिता गर्नलाई परिवारबाट जति हौसला र सहयोग मिल्छ महिलालाई त्यसको ठीक उल्टो हुन्छ । कुनै पुरुषले म पत्रकारिता गर्छु, मलाई ल्यापटप, क्यामरा, रेर्कडर ईत्यादी किन्ने सामान चाहियो भन्दा खुरुक्क ऋण काँडेर भए पनि पैसा दिने आमा बुवा र परिवारले छोरीले त्यही कुरा गर्दा अँह हुदैँन तैले किन गर्न प¥यो ? छोरी मान्छे भएर बढि कुरा गर्ने भनेर टारी दिन्छन । पत्रकारको काम न हो कहिले छिटो हुन्छ, त कहिले रातीमा पनि काम गर्नुपर्छ । रातको १२ बजे धक नमानेर हिडने पुरुष पत्रकारको समाजले वास्ता गर्दैन । तर त्यही समाजले महिला पत्रकार राती हिडे्को देखेमा फलानोको छोरी राती (राती हिन्छे, को सँग बसेर आइ, बिग्रीन थाली भनेर कुरा काट्न सुरु गरी हाल्छ ।
काम विशेषले, या त केही ज्ञान सिक्ने उद्देश्यले पुरुष सहकर्मीसँगै हिडेको, बसेको देख्दा लौ यिनीहरुको चाला त ठिक छैन है ? यिनीहरुको कुनै सम्बन्ध छ । भन्ने विषयमा चर्चा चल्न थाली हाल्छ ।
अझ बिहे गरे पछि त झन उनीहरुले चाहेर पनि पत्रकारितालाई निरन्तरता दिन सक्दँैनन्। विभिन्न मिडियाका सञ्चालकहरुले पनि महिलाको सोझोपनको फाईदा उठाउदै उनिहरुमाथि श्रम शोषण गर्ने, समयमा पारिश्रमीक नदिने, नियुक्ती पत्र बिना काम गर्न लगाउने, पारिश्रमीक दिहाले पनि पुरुष सहकर्मी भन्दा कम दिने, अबेर सम्म काम गराउने र साप्ताहिक बिदा सम्म नदिने गरेका उदाहरणहरु पनि प्रशस्तै छन । रुकुममा यी र यस्तै थुप्रै चुनौतिहरु र समस्याका कारण विगतमा झण्डै २ दर्जन भन्दा बढि पत्रकार महिलाहरु पत्रकारिता पेशाबाट पलायन भई सकेका छन् । भने केहि हुने अवस्थामा छन् । यस्तो अवस्था किन आउँछ र यस्तो अवस्था आउँन नदिन के गर्ने यस विषयमा गम्भीर छलफल र ठुलो बहस गर्न जरुरी छ । रुकुममा स्थानीय सञ्चार माध्यमहरुकोे वृद्धि भए सँगै पछिल्लो समय पत्रकार महिलाको संख्यामा पनि वृद्धि भई रहेको छ । जुन एकदमै खुसी कुरा हो । तर उनीहरुको क्षमतामा कसरी विकास गर्ने र पत्रकारिता पेशामा कसरी टिकाई राख्ने भन्ने कुरा ठुलो चुनौति पनि थपिएको छ ।
केहि दिन अघि क्रियाशिल पत्रकार महिला जिल्ला शाखा रुकुमले गरेको अनुगमन बाट पनि जिल्लाका २३ जना पत्रकार महिला मध्ये ५ जनाले मात्र नियुक्ती पत्र बुझेर काम गर्ने गरेको तथ्य खुलेको छ ।
पत्रकार महिलाको संख्या विगतका वर्षहरुको तुलनामा बढेको भए पनि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रुकुममा महिला प्रतिनिधीको संख्या निकै कम छ । यस्तै पत्रकारका विभिन्न संघ संगठनमा महिला सहभागिता भए पनि सदस्यमा मात्र सिमित छन् । उनीहरुको निर्णायक तह सम्म पहुँच छैन् । राष्ट्रिय सञ्चार माध्यममा त झन रुकुमका पत्रकार महिलाको सहभागिता शुन्य छ । बाहिरी जिल्लामा हुने विभिन्न तालिममा पनि उनिहरुले सहभागि हुने अवसर पाउँदैनन ।
जिल्ला विकास समिति लगायतका केहि संस्थाहरुले जिल्लाको विकास निमार्णमा सहयोग पु¥याउने पत्रकारहरुलाई सम्मान गर्छ । तर पत्रकार महिलाको नाम कहिले परेन । यसको मतलब पत्रकार महिलाले जिल्लाको विकास निमार्णका निम्ती केही गरेकै छैनन् । उनीहरु क्रियाशिलनै छैनन् भन्ने पनि होईन ।
रुकुमका पत्रकार महिलाले पनि सबै भन्दा पहिला आफनो क्षमता विकास गर्न तर्फ लाग्नु पर्छ । एक दुई दिन रहर मेटेर मात्रै छोडने हो भने मिडियामा प्रवेश गर्नुको कुनै अर्थ छैन् । आफनो क्षमताको विकास गर्ने हो भने अरुसँग प्रतिस्पर्धा गर्न पनि सजिलो हुन्छ र पेशालाई निरन्तरता दिन पनि सकिन्छ ।
रेडियोमा विज्ञापनमा आवाज दिने, कार्यक्रम सञ्चालन गर्ने र समाचार वाचन गर्ने मात्र पत्रकारिता होइन, लेखन शैलीमा पनि विकास गर्न जरुरी छ । समाचार लेख्ने शैलीमा विकास भयो भने खोजमुलक समाचार, रिपोर्ट र फिचर लेखेर केहि अगाडी बढन थप सजिलो हुन्छ । जसले गर्दा आर्थिक समस्या पनि केहि हदसम्म समाधान हुनसक्छ । विभिन्न सञ्चार माध्यमका सञ्चालकहरुले कार्यरत पत्रकार महिलालाई न्युनतम पारिश्रमिक तथा उनीहरुको काम र क्षमताको आधारमा पारिश्रमिक दिने व्यवस्था गर्नुपर्छ । पत्रकारका विभिन्न संघ संगठनहरुले आफनो संगठनबाट महिला प्रतिनिधीलाई पत्रकार महासंघ तथा राष्ट्रिय मिडियामा पठाउनको लागि पहल गर्नुपर्छ । सम्पुर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ र पत्रकार महिलाका संगठनहरुले पनि सञ्चार माध्यममा काम गर्ने पत्रकार महिलालाई नियुक्ती दिए नदिएको बारे अनुगमन गर्नु जरुरी छ । साथै उनिहरुलाई क्षमता विकास गर्ने अवसरहरुको पनि सिर्जना गर्नु पर्छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: