कार्यान्वयनको लागि ‘जोड कोष’को स्थापना
प्रवीर ददेल
रुकुम ।
जिल्लाको वाफिकोट गाविस पनि निशुल्क र अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिने भएको छ । मंगलवार वाफिकोट गाविस जिल्लाको निशुल्क तथा अनिवार्य शिक्षायुक्त चौथो गाविस घोषणा गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा वालरोकार केन्द्र रुकुमको सहजीकरणमा र वाफिकोट गाविस कार्यालयको आयोजनामा वाफिकोट गाविसलाई निशुल्क तथा अनिवार्य युक्त गाविस घोषणा गरिएको छ । सबै वालवालिकालाई शिक्षाको मुलधारमा ल्याउन रुकुममा अभियान कै रुपमा अनिवार्य तथा निशुल्क शिक्षा युक्त गाविस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालका अनुसार – रुकुमको शैक्षिक सुधार गर्न निशुल्क र अनिवार्य शिक्षा युक्त गाविस घोषणा गरिएको हो ।
नेपाल सरकारले आधारभुक्त शिक्षा अन्तरगत कक्षा १ देखि ८ कक्षा सम्म निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने उद्देश्यले वाफिकोट गाविसलाई जिल्लाको चौथो निशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविस सचिव ज्ञानबहादुर खड्काले जनाए । निशुल्क तथा अनिवार्य शिक्षा घोषणा कार्यक्रममलाई राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले उद्द्याटन गरेका थिए । उद्द्याटन कार्यक्रमलाई सम्वोधन गदैँ अध्यक्ष नेपालीले अनिवार्य र निशुल्क शिक्षा घोषणा सगैँ शैक्षिक गुणस्तर सुधार गर्न वाफिकोटवासीलाई अनुरोध गरेका थिए । यसका साथै नेपालको विकासको लागि सरकारी तथा गैर सरकारी संस्थाको सहकार्य हुन जरुरी रहेका बताए । रुकुम जिल्ला सेभ द चिल्ड्रेनले शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको वताए ।
पछिल्लो समयमा शिक्षाको गुणस्तर खस्कीएको भन्दैँ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने अध्यक्ष नेपालीले जोड दिएका छन् । नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी सम्झौतामा भएका गरेका वाल अधिकार तथा अनिवार्य र निशुल्क शिक्षा सम्वन्धी नीनि नियम अन्र्तगत रुकुम जिल्लाको वाफिकोट गाविस चौथो निशुल्क र अनिवार्य शिक्षायुक्त गाविस बनेको हो । वाफिकोट गाविस अनिवार्य र निशुल्क शिक्षायुक्त गाविस घोषण भएपछि वाफिकोट गाविसका वालवालिका शिक्षा आर्जन गर्न कुनै समस्या नहुँने जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
निशुल्क तथा अनिवार्य शिक्षा युक्त गाविस घोषणा सँगै विद्यार्थी र अभिभावकहरुबाट पाठ्यपुस्तक शुल्क, भर्ना शुल्क,अतिरिक्त क्रियाकलाप शुल्क, शैक्षिक शुल्कलगायतका कुनैपनि शुल्क उठाईने छैन् । भने दण्ड रहित बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, गाविसका सबै वालवालिकाहरुमा शिक्षाको पहँच विस्तार, बाल श्रम र बाल विभेद जातियताको आधारमा अन्त्य र विद्यालय सुधार योजना र गाउँ शिक्षा योजना प्रभावकारी रुपमा कार्यन्वयन गरिने जनाएको छ । यसका साथै प्रत्येक विद्यालयमा आचारसंहिता, शान्ति क्षेत्र घोषणा कार्यन्वयन समेत प्रभावकारी रुपमा गरिने छ । वाफिकोट गाविसमा कुल विद्यार्थीमध्ये ९७ दशमलव २५ प्रतिसत विद्यार्थी विद्यालयको पहुँचमा रहेको जनाएको । आउँदो शैक्षि सत्रबाट वाफिकोटका सत प्रतिसत विद्यार्थी विद्यालयको पहुँचमा हुने लक्ष्य समेत राखिएको छ ।
घोषणाा कार्यक्रमलाई कार्यान्वय गर्न जोड कोषको स्थापना
रुकुमको वाफिकोटलाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा सँगै कार्यान्वयनमा जोड दिन ‘जोड कोषको’ स्थापना गरिएको छ । सेभ द चिल्ड्रेन र वालसरोकार केन्द्र रुकुमको २ लाख ५ हजार, जिल्ला विकास समिति रुकुमको रु ५० हजार गरी २ लाख ५५ हजारको ‘जोड कोषको’ स्थापना गरिएको गाउँ शिक्षा समितिका अध्यक्ष तथा वाफिकोट गाविस सचिव ज्ञानबहादुर खड्काले जनाए । उनले ‘ विशेषगरी विद्याल वाहिरका वालवालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउने उद्देश्ले ‘जोड कोषको’ स्थापना गरिएको हो । उनले भने स्थापना गरिएको ‘जोड कोषको’ लाई गाविसले प्रत्येक वर्ष कुल वजेटको २ प्रतिसत बजेट विनियोजित गर्ने जनाएको छ । भने जिल्ला शिक्षा कार्यालय रुकुमले समत यसमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसका साथै अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न वाफिकोट गाउँ शिक्षा समितिले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वय निर्देशिका समेत जारी गरेको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: