Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » आज दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमा

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।आज बेलुकी ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मङ्गबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि असोज १० गते मङ्गलबारदेखि सुरु हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply