Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » विजया दशमी र बलीप्रर्था

श्री अनिता बाईजि नेपाल मानव धर्म सेवा समिति शाखा रुकुम रमाइलो दशै यो चाड आउँदा घर लिप पोत गरि चोखोनिती पारि नौ दिनसम्म वत्र राख्दछन भगपति माताका भक्तहरु । सानो दशै र ठुलो दशैवर्षमा दुई चोटि मनाइन्छ । सानोलाई राम नवमी नामले पुकारिन्छ । विजय दशमिलाई मुख्य चाड मानिन्छ । यो चाड आधिन शुक्ल पक्ष्यको दशमिमा मनाईन्छ । यसैदिन भगवान श्री रामले लङकेश्धर रावन माथि विजय गर्नु भएको थियो आश्रिन शुकल दशमि तारा उदाउने समय विजय नाम काल हुन्छ । त्यो समय सबै कार्य सिद्ध गर्ने वाला हुन्छ । जति धुम धामसंग विजय दशमि मनाईन्छ त्यति राम नवमि मनाईदैन कमै मना्एको देखिन्छ । राम नवरात्रीमा पुजा गरिने देविको नौ रुप शैलपुत्री ब्रहाचारिणी चन्द्रघण्टा कुष्माण्डा स्कन्धमाता कत्यायनी कालरात्री महागौरी र सिद्धिका । विजय दशमि आश्रीन सुक्ल सप्तमीदेखि दशमि सम्म मनाईन्छ । नवरात्रि चैत्र शुक्ल प्रतिपदादेखि लिएर रामनवमिसम्म नवदुर्गाको व्रत चल्छ । यो दिनमा भगवती माता दुर्गा तथा नौ कन्या पूजाको बडो महत्व छ । प्रतिपदाको दिनबाट प्रत्येक कोटघर, मन्दिर,घर–घरमा घटस्थापना तथा जमरा राख्ने गरिनछ । दशै आयो पाति फुल्यो भन्ने भनाई पनि छ । यो चाड आउँदा बालबालिकाहरु ध्ेरै रमाउदछन साथ–साथै पाका मानिसहरु पनि रमाउदछन् खासगरि गरीब–गुर्बाहरु कारण जो धनी साहुहरु हुन्छन् उनिहरुलाई कुनै चाड–पर्वहरुसंग चासो हुदैन,किनकि उनीहरुका लागि सधै दशै चाड छन् । दिनहु राम्रा–राम्रा खान्छन्, इच्छाअनुसारको डेस,मेकअफ,सुट–बुट पोशाकमा रहन्छन् । गरीब दुःखिहरुका लागि बिहान बेलुकी आँटो र मकैको ढिडो त्यै पनि आधा पेट । यस्ता पेटमा पटुका कसेर हलो–कोदाली गर्नेहरु र तिनका छोरा–छोरीहरुका लागि सबै चाडहरु साह्रै महत्वपुर्ण छन् । निर्धन गरीबहरुले वर्षभरि बँचाएर रोखेको धनले चाड–पर्वमा आफ्ना छोरा–छोरीहरुलाई एक जोड लुगा, एक छाक मीठो–मसिनो खाना पाउँदा सपरिवार साह्रै रमाउँदछन् र दशैको महत्व तिनिहरुले बुजदछन् यसकारण नेपालीमा भनाई छ कस्तो भने “दशै आयो केटा–केटी रमायो,दशै गयो बाबा–आमालाई समायो” । कारण बाबु–आमाले क्रण–कर्जा गरेर ल्याई छोरा–छोरीहरुलाई एक–दुई छाक दशैमा मीठो–कसिनो खुवाएका हुन्छन् जो दशै गएपछि साहुजीहरु घर–घरमा आएर माग्न थाल्दछन् । यता बडा दशै आयो, मानिसहरु छोरा–छोरीका लागि लुगाहरु किनमेल गर्न जान्छन भने उता घरमा राम्रा–राम्रा दाना–पानी,घाँस खुवाएर आफ्ना छोरा–छोरी बराबर हुर्काएर पालेका पशुहरुका लागि भने भाकल...पञ्च बलि माता भगवति दुर्गाको नाममा? जब बलि दिने समय आउँछ, गोठबाट राँगो,खोरबाट पाठो,हाँस,भाले र परेवा सबै मिलाएर पञ्च बलि ? कहाँ गयो मानवताको दया, धर्म आफ्ना मायालु छोरा–छोरीसित एकसाथ खेलेर हुर्केका ति अबला पशुहरुमाथि ? आफ्ना छोरा–छोरीहरुलाई चाहि राम्रा–राम्रा लुगाफाटा र खानेकुरा,निर्दाेष अबला पशुहरुलाई भने नव दुर्गा माताको नाममा जौ,तिल,फुलपाति,जमरा,एक अँखरा पानी हातमा लिएर पानी पार्न सक्ने...कस्तो होला त्यो मानवको ह्दय ? ढुंगा न नौनि घ्यु ? पानी पार्दा बाख्रोले मान्दिन भनेर मुन्टो हल्लाउँदा पनि मान्यो भनेर मार हान्छन् । यसरी पाँच निर्दाेष पशुलाई दुर्गा माताको नाममा पञ्च बलि दिन्छन् । यो हाम्रो ठुलो मुर्खता हो, किनभने माता भगवति जलचर,थलचर,नभचर सम्पुर्ण प्राणि–जगतकी आमा हुन् । आँखाले देख्न नसक्ने सुक्ष्म जीवहरुदेखि लिएर विशाल हात्तीसम्म सबै प्राणि उनकै सनतान हुन् फेरी आफ्नै सन्तानको बलि एक आमाले कसरी स्वीकार गर्दछिन ? कदापि स्वीकार गर्दिनन् । सबै प्राणिहरुमा शक्ति र दया रुपले रहनुभएकी दुर्गा माता भवानीलाई नमस्कार छ । यसैकारण हाम्रा कर्मकाण्डहरुमा पूजा उत्सव आदिको अवसरमा मातुका पुजा गर्ने नियम अटूट चलेको छ । आज हामीहरुले श्री दुर्गा माताको नाममा पञ्च बलि दिएर घर–घरमा सुख, शान्ति र समुद्धिको कामना गर्दछौ, खुशियालि मनाउँदछौ । हामी मानवहरुका लागि बडा दशै मुक निर्दाेष पशु–पक्षीहरुका लागि ठुलो दशा । माता भगवति देवीलाई जति नै बलि दिए पनि उहाँले स्वीकार गर्नुहुँदैन, माता त भावकी भाकी हुनुहुन्छ । यदि भगवती दुर्गा माताले बलि ग्रहण गर्नहुने भए आज यी बलि दिने भक्तहरु एउटै पनि हुने थिएनन्,किनभने उनले नाममा खालि रगतमात्र...अरु सबै आफुलाई,यसैले भन्छन,“मौले रातो,आफ्नो पेट तातो”। यदि भगवती माता प्रकट भएर मलाई पशुबलि होइन नर बलि चाहिन्छ भन्नुभयो भने शिलाङ, मेघालयमा कुनै मानिस भेटिन्थ्यो होला माता भगवतीको नाममा आफ्नो बलि दिन तयार हुनेहरु ? आफ्ना ज्यान सबैलाई प्यारो लाग्छ भाग्ने थिय सबै शिलाङ छोडेर । तर निर्दोष पशुलाई डरले मुन्टने हल्लाउँदा मुत्दा पनि उम्कने कुनै उपाय नभई आफ्नो प्राण गुमाउँदछन । किन,पशु–पक्षीहरको लागि कुनै जीउँने अधिकार छैन ? जिब्राको स्वादको लागि बास बसेका हाँस,कुख्रा र परेवा भन्दैनन् । कहाँ गयो मानवको मानवता,दया,धर्म ? कहाँ गयो जीवमाथि दया, करुणा ? यस संसारमा जति पनि महानपुरुषहरु अवतार लिएर आए, चाहे कुनै पनि धर्मका किन नहोस् सबैको उद्घोषणा एउटै थियो तिमि भित्रभएको आत्मालई चिन् जान तबमात्र तिमि कमिलादेखि हात्तिसम्म सबै जिव प्राणीभित्र विद्यमान उस आत्मा शक्तिलाई देखेर जानेर अनुभव गरेपछि समस्त जीव प्राणीहरुमा एउटै आत्मा रहेको चिन्नेछौ । आज हामि आफुले आफैलाई चिन्ने र चिनाउने आध्यात्मिक पथप्रदर्शकको खोजी गरौं तब मात्र एकअर्कामाथि सद्भाव प्रेम एकात्मभाव हुनेछ । आज मुक पशु–पक्षीको बलिदिने प्रथालाई रोक्नु परम आवश्यक छ । असली महाबलि त त्यो हुनेछ जब हामि आफुमा भएको अवगुण,कुभावना,कुविचार,कुसंगत अनि काम,क्रोध,लाभ,मोह र अहंकारलाई भगवति माता दुर्गाको श्री चरणकमलमा दृढ संकल्प लिएर बलि चढाउने छौं । यो रमाईलो चाड २०७२को शुभोलक्ष्यमा हामि सबै एकात्मा भइ दृढ संकल्प गरौं कि श्री नवदुर्गा भवानीलाई पशु–पक्षीका पञ्चबलिको सट्टा हामि सबैभित्र लुकेका पाँच चोर –काम,क्रोध,लोभ,मोह र अहंकारलाई नवदुर्गा भवानी ामताको श्री चरणमा साष्टांग दण्डवत् प्रणाम गरी पञ्चाबलि चढाऔं अनि हामिले आजसम्म जति पनि अन्धविश्वासमा भुलहरु गरयौं क्षमा दिनुहोस आजदेखि हजुरको सात्विक पुजा गर्नेछौ भनेर प्रायश्चित गरौं यसैमा हामी सबैको कोटि–कोटि कल्याण छ । दुर्गा माताको कृपा त हरपल हर जीवहरुमाथि भइ नै रहेको छ अनि भइ नै रहने छ । सबै भन्दा ठुलो बलिदान रक्तदान हामीले दियको रगतले समाप्त हुन गइरहेको जीवनले पुनर्जन्म पाउनु समान ठुलो जीवनदान मानवको सेवा गर्नु नै भगवानको सेवा गर्नु हो । यसैमा हाम्रो कल्याण भलाइछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply