प्रवीर ददेल
कार्तिक २, रुकुम । रुकुमका बीउ उत्पादन किसानले दशैंपछि परिचय– पत्र पाउँने भएका छन् । जिल्ला कृषी विकास कार्यालय रुकुम, समशितोष्ण तरकारी बीउ केन्द्र चाँफा र जिल्ला तरकारी बीउ उत्पादन सहकारी संस्थाको पहलमा पहिलो पटक रुकुमका बीउ उत्पादन किसानहरु र बीउ सहकारी संथाहरुले परिचय पत्र पाउने भएका हुन् ।
रुकुम जिल्लाका बीउ उत्पादन कृर्षकहरुलाई प्रोत्साहन गरी तरकारी बीउमा गुणस्तर कायम गर्ने र खाद्यवालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो पटक किसानलाई परिचय पत्र वितरण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ ।
का बरिष्ठ कृषि विकास अधिकारी सहदेवप्रसाद हुमागाईले जानकारी दिएका छन् । उनले भने, ‘तरकारी बीउ उत्पादनमा रुकुम जिल्ला परिचित भएपनि पछिल्लो समय तरकारी बीउ उत्पादनमा गुणस्तर खस्कदै गएको र खाद्यवालीको बीउ उत्पादनमा जिल्ला परनिर्भर भएका कारण पहिलो पटक बीउ उत्पादन किसानलाई परिचय पत्र वितरण गरिएको हो हुमागाईले भने ।’
उनका अनुसार – ‘दशैंपछि लगत्तै परिचय पत्र वितरणको प्रक्रिया अगाडि वढाई किसानहरुको मागको आधारमा तालिम, कृषि सामाग्री तथा प्रविधि हस्तान्तरण गरिने छ ।’ पछिल्लो समयमा रुकुममा तरकारी बीउ उत्पादनमा वृद्धि भएपनि बजारीकरणमा समस्या भएका बढ्दै गएको कारण बजारीकरणमा समेत ध्यान दिने परिचय पत्र आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार – रुकुमका २ नगरपालिका र ३९ गाविसमा एकै साथ परिचय पत्र वितरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
विशेषगरी पछिल्लो समय रुकुममा उत्पादन खाद्यवाली मकै, गहँु, कोदो, फापर, जौँ लगायतका बीउ लोप हुन थालेपछि यसको संरक्षण संवद्र्धन गर्नु परिचय– पत्र कार्यक्रमले किसानलाई उत्साहित बनाउने जनाएको छ ।
पछिल्लो समय कृषि पेशावाट पलायन भएका किसानहरुलाई समेत थप उर्जा प्रदान गर्ने जनाएको छ । परिचय– पत्र वितरण कार्यक्रम गरेर तरकारी बीउमा मूल्यमा एकरुपता वजारीकरण पहल गर्नुका साथै ग्रडिङ, थेरिसिङ प्याकेजिङ, लेभलिङ गर्न सहज हुनुका साथै रुकुम ब्राण्डको तरकारी बीउको विकास गर्ने लक्ष्य रहेको समशितोष्ण तरकारी बीउ केन्द्र रुकुमले जनाएको छ । रुकुममा तरकारी बीउ उत्पादन १२ सहकारी रहेका छन् भने । खाद्यबालीको बीउ उत्पादन सहकारी संस्था भने दर्ता नै भएका छैन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुकुममा कुल जनसंख्याको ९३ प्रतिसत जनसंख्या कृषि पेशामा संलग्न रहेको भएपनि किसान परिचय पत्र वितरण कार्यक्रमले व्यवसायीक किसानहरुलाई थप पहिचान र प्रोत्साहन गर्न सहज हुने जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: