सन्जना भुषाल
रेखदेख साप्ताहिक ।
बाल सरोकार केन्द्र रुकुमको सातौ साधारण सभा सम्पन्न भएको छ । कार्तिक २ गते सोमबार होटेल शिशिर गेष्ट हाउसमा सातौ साधारण सभा सम्पन्न भएको हो ।
पिछडिएका तथा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुको लागि शिक्षा प्रदान गर्ने उद्देश्यले बालसरोकार को स्थापना भएको थियो । यस संस्थाले बालवालिका लगायत विद्यालयको पनि शैक्षिक तथा भौतिक सुधार गर्नमा ठुलो योगदान गरेको जनाएको छ ।
यस संस्थाले शिक्षाबाट बञ्चित भएका बालवालिकाहरुको तथ्याङकहरु संकलन गरी उनीहरुलाई शिक्षाको मुलधारमा ल्याउन सहयोग गरेको छ । भने शिक्षकहरुलाई तालिम, शैक्षिक सामाग्री वितरण, लगायत विद्यालयहरुको भौतिक पूर्वाधार अन्र्तगत भवन शौचालय निर्माण गर्ने गरेको वाल सरोकार केन्द्रका अध्यक्ष पविनकुमार खड्काले जनाए ।
उनले भने, यसले गर्दा शिक्षाबाट बञ्चित रहेका वालवालिकाहरु शिक्षाको मुलधारमा ल्याउन सहयोग गरेको छ । सेभ द चिल्डे«न को आर्थिक सहयोगमा यस संस्थाले जिल्लाका विपन्न बालबालिकाहरुको निम्ति सहोग गदैँ आएको छ ।
यस संंस्थाले आर्थिक वर्ष २०७१÷०७२ आय रु ९२ लाख ३२ हजार ३ सय ८६ रुपैयाँ रहेका थियो । भने व्यय रु ७४ लाख २ हजार ६ सय रहेका आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
साधारणसभा कार्यक्रम पविनकुमार खडकाको अध्यक्षता र स्थानीय विकास अधिकारी भरतकुमार शर्माको प्रमुख अतिथ्यता भएको थियो । भने कार्यक्रमको विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाको रहेको थियो ।
कर्यक्रममा जि.वि.स. रुकुमका सूचना अधिकृत चिन्तामणी दाहाल, राजनैतिक दलहको प्रमुख तथा प्रतिनिधीहरुको, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयलाई कम्प्युटर वितरण
बाल सरोकार केन्द्र रुकुमको सातौ साधारण सभाको अवसरमा रुकुमका ३ विद्यालयमा कम्प्युटर वितरण गरिएको छ । जसमा प्रभात उ.मा.वि छिवाङ दोपाई, विद्या विकास मा.वि खारा र युवा जागरण मा.वि खारालाई कम्प्युटर वितरण गरिएको हो ।
प्रभात उ.मा.वि.मा २ वटा र विद्या विकास मा.वि. र युवा जागरण मा.वि लाई १÷१ वटा कम्प्युटर प्रदान गरेको वालसरोकार केन्द्र रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...







No comments: