सम्पादकीय ..
भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाल अहिले संकटको अवस्थामा छ । विशेषगरी पेट्रोलिम पर्दाथ तथा ग्यास आयातमा भारतले गरेको अवरोधका कारण नेपाल संकटको अवस्थामा पुगेको हो । जसका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । भने पेट्रोलिम पर्दाथको अभावका कारण लामा तथा छोटा दुरीका यातायातका साधनहरु चल्न सकिरहेका छैन् । जसले नेपालीहरुलाई सहज रुपमा आवत जावत गर्न अप्ठेरो परेको छ । यस्तो अवस्थामा नेपाल सरकारले गाउँ गाउँमा उत्पादन गरेका वस्तुहरुलाई वजारमा ल्याएर समस्याको सामना गर्नुपर्दछ । जस्तो केही वर्ष अघि देखि गाडि चलाउन इन्धनको रुपमा प्रयोग गर्न सकिने सञ्जीवनीको तेलको उत्पादन र प्रयोगमा विशेष चर्चा परिचर्चा चलेपनि अहिले भने यसको खासै चर्चा चलेको छैन् । यस तर्फ ध्यान दिनु प¥यो । यसका साथै दाङका एक जना युवाले सल्लाको खोटोबाट उत्पादन गरेको तेलले सवारी साधन चलाउन सकिने प्रमाणित गरि सकेको अवस्थामा खोटो प्रशोधन गरी तेल उत्पादनको लागि सरकार नै जिम्बेवारी हुनु पर्दछ । हो हामी प्राकृति स्रोत साधनका धनी छौँ। तर त्यसको पहिचान गरी प्रशोधन गर्न नसक्दा हामी अप्ठेरोमा परेको सत्य हो । नेपालमा हरेक व्यवस्था फेरिए । सरकार फेरिए । तर नेपालको स्वरुप कहिल्यै फेरिएन । राणा, राजा र जनता देशको प्रमुख हुँदा सम्म भारतको भर पर्दा यस्तो संकट भोग्नु परेको हो । त्यसैले सरकार भारतको सीमाना बाट आउने पेट्रोलियम पर्दाथ र ग्यासका गाडि गनेर बस्ने समय होईन । ग्यास तथा पेट्रोलियम पर्दाथको बैकल्पको खोजी नेपालमा गरौँ । र छिमेकी देश चिनसँग व्यापार सम्झौता गरेर नाका खोल्न पहल गरौँ । जसका कारण नेपाल भारतमा निर्भर पनुपर्ने छैन् । आत्म निर्भताको बाटो खोजौँ । यसका लागि सम्पूर्ण नेपालीहरु एक भएर समस्याको सामना गर्न पहल गरौ । र राज्यलाई संकट मुक्त बनाउनु पर्दछ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...







No comments: