Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स सञ्चालनमा


प्रवीर ददेल
कार्तिक १४, रुकुम । रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने भएको छ । यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरी पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालनको तयारी रहेको रुकुम यातायात प्रा.लि.ले जनाएको छ ।
कार्तिक १५ गतेवाट रुकुमबाट दाङ र नेपालगञ्ज र काठमाण्डौँको लागि मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने रुकुम यातायात प्रा.लि.का अध्यक्ष केशव रावलले जनाए ।
उनले भने, ‘प्रत्येक दिन दाङको लागि ३ वटा , नेपालगञ्जको लागि २ वटा र काठमाण्डौका लागि १ यातायातका साधन सञ्चालनमा रहने छ ।’ दाङको लागि विहान ६ः १५, ११ः४५ र १ः ३० वजे रुकुमबाट गाडि छुट्ने जनाएको छ । यसका साथै नेपालगञ्जको लागि ५ः३० र १०ः४५ वजे मिनी सुपर डिलक्स  छुट्ने छन् । भने काठमाण्डौका लागि प्रत्येक विहान ५ बजे सञ्चालन हुने जनाएको छ । यसका साथै यसै समयमा दाङबाट अम्बिकेशरी सार्वजनिक यातायात राप्ती यातायातको काउण्टरबाट र नेपालगञ्जबाट सार्बजनिक भेरी यातायात समितिको काउण्टरबाट यातायात समेत मिनी सुपर डिलक्स रुकुमको लागि छुट्ने जनाएको छ ।
 भने रुकुम काउण्टरबाट जिल्लाका ग्रामिन स्तरमा समेत जीप सेवा सञ्चालन गर्ने अध्यक्ष रावलले जनाए । अन्य साधारण गाडिको भन्दा  मिनी सुपर डिलक्सको भाडा २० प्रतिसत हुने सरकारी प्रावधान भएपनि दशैं, तिहार र मिनी सुपर डिलक्स सञ्चालनको अवसरमा यात्रुहरुमा कुलभाडाको १० प्रतिसत छुट दिने रुकुम यातायात प्रा.लि.ले जनाएको छ । रुकुमबाट साधारण गाडिको भाडा रुकुमबाट दाङ, नेपालगञ्ज र काठमाण्डौँको लागि क्रमश ५३० दाङ, नेपालगञ्ज  ८ सय ८० र काठमाण्डौको १ हजार ४ सय ४९ भाडादर  रही आएको छ । जसको चरणमा यसको २० प्रतिसत  वढि मात्र मिनी सुपर डिलक्सको भाडा तय भएको रुकुम यातायात समितिले जनाएको छ ।
 यस अघि सिस्ने हिमाल बस तथा मिनी वस सञ्चालन गदै आएको  छ । यो सँगै रुकुमममा २ किसीमका यातायात साधन सञ्चालन हुने भएका छन् । यात्रुहरुले सहज रुपमा जिल्ला भित्र र जिल्ला बाहिर आवत जावत गर्न पाउने छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply