महासंघको
काठमाडौं जिल्ला शाखाले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई ९ बुँदे
ज्ञापनपत्र बुझाउँदै लोककल्याणकारी विज्ञापन वापतको रकम बढाउन, सञ्चार
माध्यमहरुलाई सहजरुपमा इन्धनको व्यवस्था गर्नलगायतका माग गरेको हो ।
लोककल्याणकारी विज्ञापनको रकम बढाउन पत्रकार महासंघ काठमाडौंको माग
२९
मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले
लोककल्याणकारी विज्ञापन वापतको रकम बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
‘प्रेस
काउन्सीलले स्तरबृद्धि गर्दा चालु आर्थिक वर्ष लोककल्याणकारी विज्ञापनका
लागि छुट्याइएको बजेटमा ५ करोड ११ लाख १५ हजार १२९ रुपैयाँ बजेट अपुग भयो ।
बजेट थोरै भएपछि सबैले नपाउने अवस्था आयो । त्यसैले बजेट बढाउन
ध्यानाकर्षण गराएका हौं,’ महासंघ काठमाडौंका सचिव रामकृष्ण अधिकारीले जनाए ।
भारतको
नाकाबन्दीका कारण इन्धन नपाएको र लोडसेडिङका कारण एफएम रेडियो चलाउन
समस्या परेको भन्दै सञ्चालकहरुले बुधबारबाट एक घण्टा प्रसारण कटौति गर्ने
तयारी गरेका छन् । यसैगरी पत्रपत्रिकाहरुले कागज ढुवानी गर्न नसकेर पृष्ठ
कटौति गरेका छन् ।
समस्यामा
परेका संचार माध्यमहरुको ऋण वापतको ब्याज छुट गरिनुपर्ने, पूर्ण
समानुपातिक विज्ञापन नीति लागू गरिनुपर्ने, विरामी पत्रकारहरुले सहजरुपमा
उपचार खर्च पाउने व्यवस्था मिलाउनुपर्ने लगायतका माग पनि गरिएको छ ।
पहुँच
नपुग्ने पत्रकारहरुले उपचार खर्च नै नपाउने अवस्था छ, राज्यबाट पाउने सेवा
सुविधा सबैले सहजरुपमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अधिकारीले भने
।
अधिकारीका अनुसार सञ्चारमन्त्री शेरधन राईलाई पनि भेटेर ध्यानाकर्षणपत्र बुझाइने छ ।
ध्यानाकर्षण
पत्र बुझ्दै अर्थमन्त्री पौडेलले मागप्रति सकारात्मक रहेको प्रतिक्रिया
दिए । कतिपय विषयहरु सन्चार मन्त्रालयसँग पनि सम्वन्धित रहेको भन्दै उनले
दुबै मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेर अघि बढ्ने उनले प्रतिबद्धता
जनाए ।
अर्थमन्त्री
पौडेलले नाकाबन्दी केहि दिनमै हट्ने भन्दै अब आर्थिक सम्बृद्धितिर
लाग्नुपर्ने धारणा राखे । त्यसका लागि मिडियाको सकारात्मक सहयोगको अपेक्षा
सरकारले गरेको उनले जानकारी गराए ।

Tag: विविध
No comments: