Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » सुआहारा कार्यक्रमको अनुगमन


रुकुम । रुकुमेली समाज विकास केन्द्र रुकुम द्धारा सञ्चालन गरिएको सुआहारा कार्यक्रमको अनुगमन गरिएको छ । पूर्वी रुकुमको रुकुमकोट, काँक्री र मोरावाङ गाविसमा सञ्चालन गरिएको सुआहारा कार्यक्रमको अनुगमन गरिएको हो । सुआहारा कार्यक्रमले पूर्वी रुकुममा गर्भवती, सुत्केरी तथा सुनौलो हजार दिनका वालवालिकाहरुलाई कुपोषणमुक्त बनाउ कार्यक्रम सञ्चालन गदै आएको छ ।
यसका साथै आमा समूह, महिला स्वास्थ्य स्वयसेवीकाहरुमा समेत सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सुआहारा कार्यक्रमले महिला तथा वालवालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गरेको र यसको निरन्तरताको लागि स्थानीय स्थानीय आमा समुहकी सदस्य देवकुमारी वुढाले जानकारी दिएकी छिन् । उनले भनिन, सुआहारा कार्यक्रमले पूर्वी रुकुमका महिला तथा वालवालिकाको हक हित र अधिकारको क्षेत्रमा काम गरेको स्थानीयले जनाएका छन् । अनुगमन कार्यक्रममा  रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, कोषाध्यक्ष रमा गौतम, सुआहारा कार्यक्रमका संयोजक वसन्त थापा,  लोकमणी गिरी, जिल्ला विकास समितिका सुचना अधिकृत चिन्तामणी दाहाल लगायतको सहभागिता रहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply