Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » जापानमा शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते

Earth-Quack-in-japan-Kyushu
३ वैशाख, काठमाडौं । दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति ९.२६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो ।
र, त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ ।
भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ ।
Japan-EarthQuack
प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ ।
त्यस क्षेत्रमा अहिले पनि सानो सानो पराकम्प गइरहेको छ, जसका कारण मानिसहरु डरले खुला क्षेत्रमा बसेका छन् ।
Earth-Quack-in-japan-1

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply