Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » एचपीले ल्यायो विश्वकै सबैभन्दा 'स्लिम' ल्यापटप


एचपीले ल्यायो विश्वकै सबैभन्दा 'स्लिम' ल्यापटप
अमेरिकी कम्पनी एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्टर १३ बजारमा ल्याएको छ। १३.३ इञ्जको स्क्रिन भएको यो ल्यापटप १०.४ एमएम पातलो छ। एचपीले यो ल्यापटपमा एउटा मोडिफाई लोगो समावेश गरेको छ। यो लोगो एचपीले यही ल्यापटका लागि विशेष डिजाइन गरेको हो।

विन्डोज १० अपरेटिङ सिस्टममा चल्ने यो ल्यापटपमा फूल एचडी डिस्प्ले हेर्न सकिनेछ। ८ जिबी ¥याम रहेको ल्यापटमा २६५ जिबी मेमोरी रहेको छ। यो ल्यापटमा एउटा विशेष हिट पाइप जडान गरिएको छ। यो पाइपको माध्यमबाट ल्यापटपको प्रोसेसरको हिट बाहिर निस्कनेछ। यो बाहेक दुईवटा शक्तिशाली फ्यान पनि ल्यापटपमा जडान भएका छन्। यिनले ल्यापटपको मदरबोर्ड तथा प्रोसेसरलाई तात्नबाट जोगाउनेछन्।
laptop1
स्पेक्टर १३ यो ल्यापटपको डिजाइनमा अधिकांश भाग अल्मुनियमको प्रयोग भएको छ। अरु भागमा कार्बन फाइबर प्रयोग भएको छ। यसले गर्दा ल्यापटप निकै हलौं छ। फिल्ड गर्नका लागि विशेष व्यवस्था भएको यो ल्यापटपको आधारभूत मोडलको मूल्य ११६९ अमेरिकी डलर तोकिएको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply