रेखदेख संवाददाता
रुकुम । नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको छ । विहीबार भएको नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको हो ।कुल मत ३ सय ६२ खसेकोमा ६० मत अन्तरले माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीलाई पछि पादै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको हो । नेपाल निजामती कर्मचारी युनियन (संघ)
ले १६३ मत पाप्त गरेको छ । भने माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले १०३ मत प्राप्त गरेको छ । त्यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै रुकुममा मधेशी दल निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई ४ मत खसेको छ । भने राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत प्राप्त गरेको छ । रुकुममा ९ मत वदर भएको निर्वाचन समितिले जनाएको छ । मत परणाम अनुसार नेपाल कर्मचारी युनियन (संघ) ले अध्यक्ष कोषाध्यष र ३ वटा सदस्य पाउने भएको छ । भने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उपाध्यक्ष, सह–सचिव र २ जना सदस्य पाउने भएको छ । भने नेपाल निजामती कर्मचारी संगठनले सचिव र १ जना सदस्य पाउने जनाएको छ ।






No comments: