Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » » ज्योतिले ज्याकेट खोलेपछि !


रेखदेख संवाददाता
पmागुन २०, रुकुम । जिल्ला सदरमुकाम मुसिकोटमा मध्यपश्चिम रुकुम महोत्सव सञ्चालन भएको छ । रुकुम उद्योग वाणिज्य संघ रुकुमले  आयोजना गरेको मध्यपश्चिम रुकुम महोत्सवको नौै दिनमा विशेषगरी ज्योति मगरको प्रस्तुती रहेको थियो ।


जब ज्योति मगर आउने हल्ला चल्यो जिल्ला सदरमुकाम खंलगा विहानै देखी चहलपहल वढेको थियो । बराहटाकुरा टुडिखेल खच्चाखच भएको थियो । ठिक २ बजे कार्यक्रम स्थलमा ज्योति मगर छिरेपछि सबैजना हेर्नलाई तयार भएका थिए । विशेषगरी लोक तथा दोहरी गायक अमित परियाले गाउँदा गाउँदै दर्शकहरु ज्योतिको प्रस्तुती हेर्न आत्तिएका थिए । सबैको ध्यान ज्योति तिरै थियो ।

जव ४ बज्यो ज्योतिको प्रस्तुतीको लागि  मच्चमा बोलाईयो  । त्यसपछि गडगढाट दर्शकको तालि बज्यो । कालो ज्याकेटमा आएकी ज्योतिले  दुईवटा गित गाउँदा सम्म ज्याकेटमै थिईन् । जब पिरतीमा दम छ भन्ने बोलको गित गाउदै गाउँदै ज्याकेट खोलिन । उनले आफूले मात्रै ज्याकेन खोलिनन् । दर्शकहरुलाई समेत ज्याकेट खोल्न आहवन गरिन ।

त्यसपछि दर्शक तातिएर उफ्रिन थाले कोही दर्शकले भन्ने थाले ओई ज्योती.......... ओई ज्योती....... त्यति भनेपछि ज्योति मञ्च छोडेर दर्शक बीच गईन् । गाउदै र नाँच्दै गर्न थालेपछि दर्शक झन उफ्रीदा सुरक्षाकर्मी र आयोजकलाई मास समाहल्न हम्मे हम्मे परेको थियो ।

४ बजे मञ्चमा प्रवेश गरेकी  ज्योतीले ५ नबज्दा सम्म दर्शकलाई उफारि रहीन् । ज्योतिको प्रस्तुती हेर्न गाउँ गाउँबाट हजारौं दर्शक सदरमुकाम पुगेका थिए । आयोजकका अनुसार झण्डै १३ हजार दर्शकले टिकट काटेर महोत्सवमा प्रवेश गरेका  थिए ।
२२ गते सम्म सञ्चालन हुने महोत्सवमा २१ गते खुमन अधिकारी, बद्री पंगेनी, कृष्ण रेउले,कामना ओली, शान्ति श्री परियारको प्रस्स्तुती रहने आयोजक समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply