Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » नवलपरासी र रुकुममा दुई चरणमा चुनाव

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले प्रदेश विभाजन गर्दा टुक्रिएका जिल्लामा कसरी निर्वाचन गर्ने भन्ने स्पष्टता खोजेको थियो।

जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको अवस्थामा उसले कति हेर्ने भन्ने विवाद आयोगमा उत्पन्न भएको थियो।

मन्त्रिपरिषद् बैठकले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको हो। नवलपरासीमा दाउन्ने खोलाको वारी ४ नंम्बर र पारी ५ नंम्बर प्रदेशमा पर्दछ।

सरकारले प्रदेश ४ मा आउँदो बैशाख ३१ गते निर्वाचन गर्दैछ भने प्रदेश ५ मा जेठ ३१ मा निर्वाचन गर्दैछ। 'निर्वाचन आयोगले स्पष्टता खोजेको थियो, हामीले दुई चरणमा गर्ने भन्यौँ', मन्त्री प्रेमबहादुर सिंहले पहिलोपोस्टसित भने।

त्यस्तै रुकुम पनि प्रदेश ५ र ६ प्रदेशमा विभाजित छ। ६ नंम्बर  प्रदेशमा यहि ३१ गते निर्वाचन हुँदैछ भने ५ नंम्बर प्रदेशमा जेठ ३१ गते निर्वाचन हुँदैछ।

निर्वाचन आयोगले ३४ जिल्लाका २ सय ९३ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply