Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुममा एसएलसी परिक्षामा ६ हजार विद्यार्थी सहभागी हुने, २ सय ७३ अयोग्य

प्रविर ददेल
चैत २ रुकुम । चैत ५ गते देखि सञ्चालन हुन लागेको यस वर्षको एसएलसी परिक्षामा रुकुमका ६ हजार जना सहभागी हुने भएका छन् ।  नियमिततर्पm ४ हजार ७ सय ३२ जना  र आंशिकतर्फ १ हजार ३ सय २६ जना गरी जम्मा ६ हजार ५८ जना विद्यार्थी परिक्षामा सहाभागी हुने  भएका छन्  ।  भने २ सय ७३ जना विद्यार्थी अयोग्य भएका छन् । विद्यालयमा  सतप्रतिसत हाजिर नभएको कारण विद्यार्थी अयोग्य भएको जिल्ला शिक्षा कार्यालय रुकुमका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाले जनाए । जिल्लामा  २१ ओटा परिक्षा केन्द्र तोकिएको छ ।
परिक्षामा  निजी विद्यालय र  साुमदायीक विद्यालहरु गरी जम्मा ८९ विद्यालका विद्यार्थीहरु यस वर्षको परिक्षामा सहभागी हुनेछन ।
त्रिभुवन जनता उ.मा.वि. खंलगा, महेन्द्र उ.मा.वि. छिवाङ, राप्ती ज्ञानोदय उ.मा.वि. सिम्ली, यमूनानन्द उ.मा.वि. सेरिगाउँ, हिमालय उ.मा.वि. खोलागाउँ, त्रिवेणी उ.मा.वि. सिम्रुतु, वालकल्यान मा.वि. सोलावाङ, विरेन्द्र उ.मा.वि. वाँफिकोटलगायतका २१ स्थानमा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
 रुकुम जिल्लाका २१ परिक्षा केन्द्रमा परिक्षा मर्यादित  रुपमा सञ्चालन हुने जिल्ला शिक्षा कार्यालय रुकुमका शाखा अधिकृत देवीलाल विष्टले जनाए । उनले भने परिक्षा अवधि भित्र सम्पूर्ण विद्यार्थीहरु विद्यालयको पोशाक र परिचय पत्र सहित उपस्थित हुन आग्रह समेत गरेका छन् । जिल्लामा एसएलसी परिक्षाको सम्पूर्ण तयारी  पुरा भईसकेको  जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहायक माधवी पुनले जनाईन । यस वर्ष सबैभन्दा वढी ५ सय ६२ जना विद्यार्थीहरु आठविसकोट  परिक्षा केन्द्रमा सहभागी रहने छन् । भने सवैभन्दा कम १ सय ५९ विद्यार्थी तकसेरा  स्थित महेन्द्र उच्च माद्यामिक विद्यालयको परिक्षा केन्द्रमा सहभागी हुने जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले  देखाएको छ ।  गत वर्ष एसएलसी परिक्षामा नियमित तर्फ ४ हजार ४  र आशिकतर्फ १ हजार ८ सय १२ जना  गरी जम्मा ५ हजार  ८ सय १६  विद्यार्थी सहभागी भएको मध्ये  झण्डै ५१ दशमलव ४० प्रतिसत विद्यार्थी उर्तिण भएका थिए । तर यस वर्ष  जिल्ला शिक्षा कार्यालय रुकुमले एसएलसी सुधार वर्ष रुपमा घोषणा गरी  पठन पाठन तथा परिक्षालाई मर्यादित बनाएर जिल्लाका ६० प्रतिसत विद्यार्थी उर्तिण गराउने लक्ष्य राखेको जिल्ला शिक्षा कार्यालय रुकुमले  जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply