मेनका परियार, रुकुम, २४ बैशाख । रुकुमको खलंगामा रहेको सृजनशील दलित एकल महिला कृषक समूह तरकारी खेती उत्पादनतिर लागेको छ । समूहले मूसिकोट नगरपालिका ठाराढुङ्गामा रहेको शितलपोखरीमा जग्गा भाँडामा लिई तरकारी खेती गर्न लागेको हो । दलित एकल महिलाहरुको १५ सदस्यीय समूहले यहि माघ महिना देखि सामूहिक रुपमा तरकारी खेती गर्न थालेको हो । समूहकी अध्यक्ष यामकुमारी नेपालीका अनुसार तरकारी खेतीको लागि करिब ५ रोपनी जग्गा बार्षिक १२ हजारका दरले भाँडामा लिईएको छ । भाँडा लिएको जग्गामा अहिले आलु, सिमी, भेडे खुसार्नी, प्याज, भान्टा लगाएतका तरकारीहरु लगाईएको छ । ‘हाम्रो समूहले २६ हजार ऋण लिएर तरकारी खेती थालेको हो’ – उपाध्यक्ष बेलमती परियारले भन्नुभयो । तरकारी खेती राम्रो हुदै गएपछि समूहका महिला दिदीबहिनीहरु खुशी भएका छन् । समूहकी कोषाध्यक्ष देउमा वि.क.ले भन्नुभयो – ‘हामीले कडा मेहनेतका साथ दुःख गरेर तरकारी खेती गरेका हौ अहिले राम्रो उत्पादन हुन लागेपछि दुःख बिर्सिएको छ । हामीले एक बोहरा आलु लगाएका हौं अहिले खन्दा करिब ६, ७ हजार बराबरको भएको छ ।’ समूहले लगाएको अन्य तरकारी बिक्री गर्न बाँकी नै रहेपनि आलु भने खनिसकेको उहाँले जानकारी दिनुभयो । समूह कार्यको पहिलो उत्पादन आलु राम्रो भएकोले अरु तरकारी पनि राम्रो हुने उनीहरुले अपेक्षा गरेको बताएका छन् । एकल दलित महिलाहरुले समूहमा आबद्ध भई काम गर्न थालेपछि जि.वि.स. अन्र्तगतको दलित समन्वय समितले रु. २५ हजार सहयोग गरेको थियो । समूह स्थापना भएको डेढ बर्षमै मासिक बैठक लेबीबाट ८ हजार बचत गरिसकेका उनीहरुले अब तरकारी बचेर त्यसैमा जम्मा गर्ने र आवश्यकता परेको बेला समूहका व्यक्तिहरुले नै सस्तो व्याजमा चलाउने उनीहरुले बताएका छन् । एकल दलित महिलाहरुको यो समूहले गरेको कार्य सहरानिय र उदारणीय छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» दलित एकल महिला तरकारी खेती उत्पादनतिर
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्...
-
रेखदेख संवाददाता रुकुम । नेकपा माओवादी विपल्व पक्षले गाउँ नजाने सचिवलाई जनकारवाही गर्ने योजना रहेको जनाएका छन् । माघ २ गते पत्रकार सम्...
-
२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको ...
-
रेखदेख संवाददाता चैत १७, रुकुम । रुकुमका पत्रकारहरुलाई विपद् व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम मुसिकोट स्थ...
-
रुकुमेली समाज विकास केन्द्र, रुकुम मुसिकोट न.पा.( ०१,रुकुम कर्मचारी आवश्यकता विज्ञापन नं. ः २१÷२०७२÷०७३ प्रथम पटक प्रकाशित मिति ः(२०७२ ÷१२...
No comments: