Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » कथाको भरमा कम्प्युटर शिक्षा

रुकुमको एक सामुदायीक माद्यामीक  विद्यालयमा कम्प्युटर शिक्षा कथा सुनेकै भरमा विद्यार्थिहरुले पढन वाध्य रहेका छन् ।
 विद्यालयमा कम्प्युटर अभावका कारण  श्री ज्ञानोदय माद्यामीक विद्यालय भलाक्चा ७ लहुँका विद्यार्थीहरु कथाको भरमा कम्प्युटर शिक्षा लिन वाध्य भएका हुन । जिल्ला शिक्षा कार्यालय रुकुमले गत वर्ष सामुदायीक विद्यालयका कम्प्युटर शिक्षा सञ्चालनको लागि १ लाख ४० हजार रुपैया  अनुदान प्रदान गरेपछि  २ वटा कम्प्युटर १  प्रिन्ट तथा सोलार सिस्टम खरिद गरेकाले विद्यालयमा कम्प्युटर अभाव रहेको विद्यालयका निमित्त प्रधानध्यापक खम्बुसिङ श्रेष्ठले वताए । उनले भने, ‘विद्यालयको आर्थिक अभावका कारण समस्या भएको हो ।’जसका कारण  शिक्षकले कम्प्युटर कितावको भरमा पढाउने गरेका छन् । सरकारले गत वर्ष देखी कक्षा ६ र ७ कक्षामा अनिवार्य पाठ्यक्रममा ५० पुर्णाङकको कम्प्युटर विषय समावेस गरेपछि विद्यार्थीहरुलाई टाउको दुखाई वनेको  कम्प्युटर शिक्षक उत्तम ओलीले जनाए ।
विद्यार्थी चाप र कम्प्युटर अभाव भएकाले यस्तो सम्स्या  परेको शिक्षक ओलीले जानकारी दिएका छन् ।
 विद्यालयमा  कम्प्युटर शिक्षा कक्षा सञ्चालन भएको छ । तर  विद्यालयमा २ वटा मात्र कम्प्युटर छन् । सो विद्यालयमा कक्षा ६ र ७ मा मात्र ५० भन्दा वढी  विद्यार्थी रहेका छन् । उनीहरुले देख्न पाएका छन् तर कम्प्युटरको प्रयोगात्मक रुपमा सिक्न नपाएको कक्षा ६ का छात्रा अमृता खड्काले जानकारी दिईन । अर्का कक्षा ६ का छात्र भुवन ओलीले सरले मौखीकरुपमा पढाउनु हुन्छ ? यसको वारेमा थाहा छैन, उनले भने । उनका अनुसार परिक्षा नजिकिदै छ, के परिक्षा दिने भन्ने चिन्ताले सताएको जानकारी दिए छन् । सरकारले कम्प्युटर शिक्षा सञ्चालन गरेपछि कतिपय विद्यार्थीहरुमा यस्तै समस्या हुने गरेको छ । कतै कम्प्युटर छ, विजुली छैन,  विजुली छ, कम्प्युटर  छैन्, जसले विद्यार्थीहरुलाई समस्या वनाएको देखिन्छ । विद्यालयको वास्तविक अवस्था जाचँगरेर सहयोगलाई निरन्तरता दिए यो समस्या हल हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर वोहराले जनाए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply