लघुकथा
हरिप्रसाद भण्डारी
सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिरको वरिपरि साना साना कुटिहरू थिए । कुटीमा योगी, सन्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमित रुपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण औधी सुन्दर र रमणीय थियो ।
मन्दिर र कुटीहरूमा चढाएको फूल–प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको विगविगी थियो । एक दुईटा बिराला पनि थिए तर सयौं मुसाका सामू बिरालाको संख्या नगन्य थियो ।
मुसाहरूको बगालमा काले र खैरे नामका दुईटा मुसा थिए । दुवै साथी साथी थिए । औधी मिल्थे । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैं सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।
घरी घरी बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पा¥यो भने अकालमा मर्न सकिन्थ्यो । सधैं सतर्क भएर हिँड्थे ।
बिरालाको फुर्ती देखेपछि काले मुसालाई बिरालो बन्ने इच्छा भयो । आफ्नो इच्छा साथीलाई सुनायो ।
‘जावो बिरालो !’ खैरेले भन्यो ।
तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फुर्ती देख्दा उसलाई ईस्र्या लागिरहेको थियो ।
कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पा¥यो र बिरालो बन्ने इच्छा जाहेर ग¥यो । योगीले आफ्नो योग बलका आधारमा कालेलाई केही समयका लागि जङ्गी ढाडे बिरालो बनाइ दिए ।
‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उफ्रियो, रमायो र वरपर दौडियो ।
बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ ।’ यसो भन्दै ऊ आहाराको खोजीमा निस्कियो ।
खैरे र उसका साथीहरूले देखे— काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।
+ + +
पुस ०५, २०६७
काठमाडांैँ
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» प्रवृति
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: