नेपाल १२ वर्षे शसस्त्र द्धन्दवाट आक्रान्त भएको देश हो । यहाँ द्धन्दको क्रममा हजाराँैले ज्यान गुमाए, कति अंङ्घभङ्घ भए । कति वेपत्ता भए । कति वालवालिकाहरु टुहुरा भएका छन् । कुनै हिसाव किताव छैन् । यसका साथै देश १२ वर्षे द्धन्दमा फसेर लाखौँका विकास योजना क्षती भएको छ । तिनीहरु पुनःनिर्माण हुन सकेको छैन् । तिनीहरुको अवस्थाको वारेमा कसैको चिन्ता र चासो भएको पाईन्दैन । देशलाई राजनैतिक संक्रमणकालबाट मुक्ति दिन पहिलोपटक २०६४ सालमा संविधान सभाको निवार्चन भयो । ६०१ जनाले सभासदको जागीर पाए । तर संविधान जारी नगरेरै त्यसको अवसान भयो । फेरी देशलाई शान्ति र संविधान दिएर देशको संक्रमणकालको अन्त्य गर्ने उद्देश्यले दोस्रो पटक २०७० मंसीर
४ गते संविधान सभाको निर्वाचन भयो ।
निवार्चनको क्रममा सम्पुर्ण नेपालका राजनैतिक दलहरुले एक वर्ष तथा २०७१ माघ ८ गते भित्र संविधान जारी गर्ने वाचा कसम खाए ।
तर देशलाई शान्ति र संविधान निर्माण गर्ने अभिभारा पाएका सभासदहरुले २०७१ माघ ८ नजिकीदैँ गर्दा संविधान दिन सकेका छैनन् । सभासदहरु राष्ट्रिय स्वार्थ भन्दा दलिय स्वार्थका कारण देशलाई गोलचक्रमा फसाइरहेका छन् । जनताको मतको कदर गर्न सकेका छैनन् । एकथरी भए सहमती नभए वहुमतको आधारमा संविधान घोषणा गर्ने तयारी गरिरहेका छन् । भनेअर्को थरी सहमती आधारमा नभए त्यो संविधान आफुहरुलाई नमान्ने घोषणा गरेका छन् । राजनैतिकदलहरु कुनै दिन सहमती नजिक पुगेको देखाउँछन भने कुनै दिन सहमती टाढा रहेको देखाउदै आएका छन् । आखिर संविधान निर्माण गर्ने भन्दै करीब ८ वर्ष वितिसकेको छ । ८ ÷ ८ वर्षमा किन हुन सकेन सहमती ? किन पाएनन् नेपाली जनताले संविधान ? अब यो विषयमा सभासदहरुले नै जवाफ जनतालाई दिनुपर्ने छ । अव जनता लाटा छैन् । तिम्रो सबै क्रियाकलाप राम्रो सँग वुझेका छन् । फेरि जनतालाई ढाँट्ने कोशिस नगरे हुन्छ । त्यसैले सबै नेपालीहरुको साझा आवाज शान्ति र संविधान देऊ ।
No comments: