प्रविर ददेल
पौष २१, रुकुम
जातीय विभेद एवं छुवाछूत तथा दलित अधिकार प्रर्वद्धनको बैठक आईतवार जिल्ला प्रशासन कार्यालय रुकुममा सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीको अध्यक्षतामा बैठक वसी जिल्लाको जातीय छुवाछूत न्यूनीकरण गर्न तिन वर्षे कार्ययोजना संशोधन गर्ने गरि पारित गरिएको छ । कार्ययोजनामा जिल्ला रहेका दलितहरुलाई शैक्षिक, रोजगारी, आर्थिक, सामाजिक, सांस्कृतिक, सरसफाई, स्वास्थ्यलगायतको क्षेत्रमा शसक्त बनाई आगामी तिन बर्षमा जिल्लालाई जातीय छुवाछूत मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ । भने जिल्लाको आठविसकोट २ राडि बजारमा वसोवास गर्ने सुकुम्बासी वादी परिवारहरुलाई जग्गा वितरण गरेको र छिट्टै १५ घर निर्माणका लागि पहल गर्ने निर्णय समेत पारित गरिएको छ । राडि वजारका वादीको जग्गा खरिदको लागि सभासद दलजित सेर्पालीले संसद विकास कोष, गाविस आठविसकोट गाविस र सुकुम्बासी वादी परिवारले प्रति परिवार रु दशहजार रुपैँया गरि जम्मा ११ लाख ५० हजार रुपैयामा करीब १२ वर्गमिटर जग्गा खरिद गरि वितरण गरिएको हो ।
यसका साथै चौवरजहारीमा निर्माण भएका वादी घर अनुगमन गर्ने भएको छ । आर्थिक वर्ष २०७०÷ ७१ मा निर्माण भएका वादी घरहरु गुणस्तरहिन भएको जनगुनासो वढेपछि जिल्ला स्थित सरोकारवाला निकायले चौवरजहारीमा निर्माण भएका वादी घर अनुगमन गर्ने जनाएको छ । भने राडि वजारमा निर्माण गर्ने वादी घरहरु पनि स्टमेटका आधारमा गुनस्तरीय निर्माण गर्न पहल गर्ने छ । चौवरजहारीमा रोल्पा भवन डिभिजन कार्यालयले २० वटा घर निर्माण गरेको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी, स्थानीय विकास अधिकारी भरतकुमार शर्मा, जिल्ला विकास समितिका कार्यक्रम संयोजक चिन्तामणि दाहाल, नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञबहादुर परियार, राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य उपेन्द्रलाल कामी, संयुक्त दलित राजनैतिक संर्घष समितिका संयोजक पूर्णबहादुर कसेरा, सचिव नवराज परियार, वादी विकास संयोजक मनवहादुर वादी, दलित सेवा संघका तथा अध्यक्ष गणेश विक चिन्तन, नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष तथा रेखदेख राष्ट्रिय साप्ताहिका प्रकाशक ÷ सम्पादक प्रविर ददेललगायतको उपस्थित रहेको थियो ।जातीय विभेद एवं छुवाछूत तथा दलित अधिकार प्रर्वद्धनको बैठक प्रत्येक महिनाको २० गते बस्दै आएको छ ।

No comments: