प्रवीर ददेल
रुकुमको ८७ प्रतिसत घरधुरीमा खानेपानीको पहुँच पुगेको तथ्याङ्क भएपनि रुकुमका ५२ प्रतिसत घरधुरीले मात्र सहज रुपमा खानेपानीको उपभोग गर्न पाएको जिल्ला खानेपानी तथा सरसफाई सव डिवीजन कार्यालय रुकुमको जनाएको छ ।
मुसीकोट नगरपालिका क्षेत्र भित्र सेरिगाउँ जाने वाटोमा रहेको सार्वजनिक धारा छ पानी छैन । तर सरकारवाला निकायको ध्यान नगएको स्थानीय वासीको भनाई । |
विषेश गरी प्राविधीक मुल्याङ्क अनुसार १५ वर्ष देखि २५ वर्ष सम्मको खानेपानी योजना आयू भएपनि वषौँ पुराना योजनाहरु म्र्मत हुन सकेका छैनन् ।
जिल्लाको सरसफाई अभियान सम्वन्धी निकालेको तथ्याङ्कले रुकुमको कुल घरधुरी ४१ हजार ८ सय ३७ घरधुरीमध्ये ३७ हजार २ सय ७० घरधुरीमा झण्डै (८७) प्रतिसत घरधुरीमा खानेपानी पुगेको जनाएको छ ।
तथ्याङ्कका अनुसार जिल्लाको ४३ गाविसहरु मध्ये सबै भन्दा बढी खानेपानीको सहज पहुँच पुगेको पूर्वी गाविस महत रहेको छ । जसमा कुल ९ सय ७१ घरधुरीमध्ये ९ सय ४५ घरधरी झण्डै ९८ प्रतिसत घरधुरीमा खानेपानीको सहज पहुँच पुगेको देखाएको छ । भने सबै भन्दा कम खानेपानीको सहज पहुँचमा पुगेको रुकुमको उत्तर क्षेत्रको गाविस स्यालाखदी रहेको छ । स्यालाखदीमा कुल घरधुरीको ३१ दशमलव ७२ घरधुरीमा मात्र खानेपानीको सहज पहुँच पुगेको जनाएको छ ।
यसका साथै ४ सय ९ शैक्षिक संस्थाहरुमा ८० प्रतिसत, ५१ स्वास्थ्य संस्थाहरुमा सतप्रतिसत र सार्वजनिक स्थानमा पनि सतप्रतिस खानेपानीको पहुँच पुगेको जिल्ला खानेपानी सरसफाई सव डिवीजन कार्यालय रुकुमले जनाएको छ ।
सबै घरधुरीमा कहिले खानेपानीको सहज पहुँच पुग्ला भन्ने रेखदेखको प्रश्नमा जिल्ला खानेपानी तथा सरसफाई सव डिवीजन कार्यालय रुकुमका निमित्त प्रमुख कुवंरले नेपाल सरकारको सन २०१७ सम्ममा आधारभुक्त खानेपानीको पहुँच पु¥याउने लक्ष्य रहेको जनाए । उनले भने, ‘मुसीकोट नगरपालिका क्षेत्र भित्र निर्माण हुन थालेको नमूना खानेपानीले नगरपालिका क्षेत्र भित्रको समस्या टरेर जाने जिल्ला जाने भएको छ ।’
रुकुम सरसफाई अवस्थालाई हेर्दा भने सबै घरधुरी शौचालयको पहुँचमा पुगेको जनाइएको छ । रुकुमको जम्मा घरधुरी ४१ हजार ८ सय ३७ घरमा नै शौचालय निर्माण भइ प्रयोग भएको छ । यस्तै रुकुमका ४ सय ९ शैक्षिक संस्था, ५१ स्वास्थ्य संस्था र २१ स्थानमा सावजनिक शौचालय निर्माण गरिएको छ । जसका कारण रुकुमलाई नेपालको १८ औँ खुल्ला दिशामुक्त क्षेत्र समेत घोषणा गरीएको छ ।
मुख्य बजारमा नै बेहाल खानेपानी
मुसीकोट नगरपालिका क्षेत्र भित्रको मुख्य बजारमा समेत खानेपानीको बेहाल अवस्था रहेको पाइएको छ । मुसीकोट नगरपालिका क्षेत्र भित्रका मुख्य बजारहरु जिप्रका रोड, माथिल्लो बजार, खानेपानी कार्यालय आसपास, कारागार क्षेत्र र जिल्ला विकास क्षेत्र भित्रको मुख्य बजारमा खानेपानीको वेहाल अवस्था रहेको नगरबासीले जनाएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिवीजन कार्यालय रुकुमले जिल्लाको कुल घरधुरी मध्ये ८७ प्रतिसतमा खानेपानी पुगेको भएपनि ५२ प्रतिसतमा खानेपानीको सहज पहुँच भएको भनेपनि मुसीकोट नगरपालिका क्षेत्र भित्रको मुख्य बजारमा खानेपानीको बेहाल अवस्था रहेको मुसीकोट नगरपालिका १ का चित्रबहादुर केसीले रेखदेखलाई जनाए ।
उनले भने, “नगरपालिका क्षेत्र भित्रको मुख्य बजार क्षेत्रमा खानेपानीको पाइप काट्टीको, पानी चुहिने र पाईप लथालिङ्ग अवस्थामा रहेको छ ।” यस विषयमा जिल्ला खानेपानी कार्यालय रुकुमको अनुसार योजना पुरानो भएर केही समस्या भएपनि उपभोक्ता कै कारण थप समस्या भएको जनाएको छ ।
विशेषगरी घरघडेरी तथा सडक निर्माण गर्ने क्रममा बजारी क्षेत्रको पाइप काट्ने गरेको कारण समस्या भएको जिल्ला खानेपानी सव डिवीजन कार्यालय रुकुमका निमित्त मोहन कुवंरले जनाए ।
No comments: