चिन्ता देशको गरौँ
नेपालका राजनैतिकदहरुले संविधान ल्याछौँ भनेर बाचा गरेको माघ ८ नेपाली जनताहरुलाई आशै आशमा निरासा बनाएर गएको छ । एक वर्ष सम्म माघ ८ मा संविधान जारी गरेरै छोड्ने साझा सन्देश दिने राजनैतिकदलहरु अन्त्यमा सहमति र प्रक्रियाको विवाद सुल्झिन नसक्दा संविधानको मस्यौदा त के संविधान बन्ने आधार समेत अन्योलमा पारेर माघ ८ लाई टारेका छन् । विशेष गरी तोकिएको समयमा संविधान निर्माण नहुन राजनैतिक दलहरुको आ आफ्नै अडान, असमझदारी र असहमति मुख्य कारण हो । पहिलो संविधान सभा जुन बिन्दुमा पुगेर विघटन भएको थियो । दोस्रो संविधान सभा पनि त्यही विषयमा आएर अड्केको छ । संघीयता, शासकीय स्वरुप, निवार्चन प्रणाली र न्यायप्रणालीको विवादका विषयबस्तुहरु ज्यूँका त्यूँ रहेका छ । संघीयताबाहेक अरु विषय वस्तुहरु मिलेर सहमति नजिक पुगेको जनाउने राजनैतिक दलहरु एकाएक आ आफ्नै डम्पु बजाउदैँ टाढीएका छन् । गत साल मंङ्सिर ४ मा आ आफ्ना अडान त्यागेर संविधान निर्माणको अन्तिम मौका दिए पनि राजनैतिक दलहरु संविधान जारी गर्ने समय माघ ८ मा आ आफ्ना अडान त्याग्नुको साटो मेरो गोरुका बाह्ै टक्का भन्ने गरेका छन् । तोकिएको समय सीमा भित्र संविधान जारी गर्ने भन्दै पहिलो संविधान सभामा भएका सहमतिहरु ग्रहण गदैँ बाकी मुद्धाहरुमा सहमति खोजेर एक वर्ष भित्र संविधान जारी गर्न सबै दलहरुले वाचा कसम खाएका थिए । तर खाएका वाचा कसम पूरा हुने कुनै छाट छैन । १२ वर्षे शसस्त्र द्धन्द होस वा ८ वर्षे संविधान निर्माण गर्ने भन्दैँ टारेको समयले देशलाई निकास र विकास भन्दा संक्रमणकालको जन्जिरबाट मुक्ति दिने अवस्था नाजुक बन्दैँ गएको छ । देशमा संक्रमणकालको फाइदा उठाउदैँ राजनैतिक आडमा हत्या, हिंसा, वलात्कार, भष्टचारले मौलाउदो रुप लिएको पाईन्छ । जसका कारण नेपालीलाई विश्वमा लज्जित बनाएको छ । अब आफ्नो राजनैतिक स्वार्थ त्यागौँ, संक्रमणकाल निकास दिन संविधान जारी गरौ, आपसी मेलमिलाप र भाईचाराको सम्वन्ध कायम गरौँ, नेपाल रहे नेपाली हुनेछौँ, त्यसैले सम्पुर्ण नेपालीहरुले देशको चिन्ता गरौँ । धन्यवाद
सम्पादकीय

Tag:
No comments: