रेखदेख संवाददाता
जिल्ला प्रहरीका रुकुमले ताकिए भन्दा वढी गाडीभाडा अशुल गरेमा जिल्ला प्रहरी कार्यालयमा फान गर्न यात्रुहरुलाई अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमले शुक्रवार सार्वजनिक सूचना जारी गदैँ ताकिए भन्दा वढी भाडा अशुल्न खोजे पैसा नलाग्ने फोन १०० वा ०८८५३०१८७, ९८५७८३५५५५ मा फोन गर्न अनुरोध समेत गरिएको छ । गत पौष २५ गते देखि रुकुमको ग्रामीन सडक (कच्ची) मा सञ्चालन हुने यातायातका साधनको भाडादर प्रतिकिलोमीटर रु १० रुपैयाँ र पक्की सडकमा प्रतिकिलोमीटर ५ रुपैयाँ भाडादर कायम गरेकाले वढी भाडादर अशुल गरेमा जिल्ला प्रहरीमा खबर गर्न अनुरोध गरिएको हो । यातायात व्यवसायी समितिले विभिन्न वाहाना गरेर भाडादर कार्यन्वयन गर्न आलटाल गरेको र्साजनिक सूचना जारी गरेर यात्रुहरुलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जिल्लाको ग्रामीन क्षेत्रको भाडादर निर्धारण गर्न यस अघि नै जिल्ला इन्जीनियर पहल पुनको संयोजकत्वमा ५ सदस्य भाडादर निर्धारण कार्यदल गठन गरिएकोे जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले जनाए । उनले भने, भाडादर निर्धारण कार्यदलको प्रतिवेदन नआउन्जेल कच्ची सडकमा प्रति किलोमीटर १० र पक्की सडकमा ५ रुपैयाँ भाडादर कायम गरिएको छ । जस अनुसार खंलगा रुकुमकोट ३ सय ५० रुपैयाँ, खंलगा तकसेरा ८ सय रुपैयाँ, खंलगा चौवरजहारी ५ सय, खंलगा राडी ४ सय १० रुपैयाँलगायत सम्पुर्ण क्षेत्रको नयाँभादार कायम गरिएको छ । यदी तोकीएको भाडादर भन्दा वढी यात्रुरबाट रकम अशुल्ने यातायात व्यवसायीलाई सवारी ऐन अन्र्तगत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । यस अघि जिल्ला स्थित सरोकारवाला निकाय, राजनैतिकदल, यातायात व्यवसायी, पत्रकारलगायतको उपस्थितमा नयाँ भाडादर कायम गरिएका हो ।
बढी भाडा लिए प्रहरीलाई फोन गर्नुहोस्
Tag:






No comments: