Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुमका कृषि सहकारीलाई बीउ विजन कार्यक्रम

१२ रुकुम । रुकुमको बीउ उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले किसानको लागि बीउ विजन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समयमा रुकुमका  कृषि सहकारी संस्थाहरुले किसानका लागि बीउ विजन कार्यक्रम सञ्चालन गर्ने भएका हुन । तरकारी बीउ उत्पादन क्षेत्रको रुपमा परिचित रुकुममा पछिल्लो समयमा सहकारी मार्फत समेत बीउ उत्पादन गर्न लागिएको हो ।
सहकारी माध्यमबाट गाउँ गाउँमा बीउ जिजन कार्यक्रम सञ्चालन गर्ने  जिल्ला सहकारी संघ रुकुमका अध्यक्ष नरबहादुर खड्काले जनाए । उनले भने,  पहिलो चरणमा जिल्लाका ५ सहकारी संस्थाहरुले किसानको लागि बीउ विजन कार्यक्रम ब्यवस्थापन कार्यालय बुटवल सँग कार्यक्रम सञ्चालन गर्ने सम्झौत सम्झौताको अन्तिम चरणमा रहेको जनाए ।
 सम्झौता गर्ने सहकारी संस्थाहरुमा वलिदान कृषि सहकारी संस्था, सानोभेरी कृषि सहकारी संस्था, समशितोष्ण तरकारी उत्पादन सहकारी संस्था, झारमारे कृषि सहकारी संस्थालगायत रहेका छन् । भने वाँकी ७ सहकारी संस्था बीउ विन कार्यक्रम सम्झौताकोे अन्तिम चरणमा रहेका सहकारी संस्थाहरुले जनाएका छन् ।
 सहकारी संस्थाहरले बीउ उत्पादनमा आधुनिकिकरण तथा बजारीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । सहकारी मार्फत माघ अन्तिम सातादेखि बीउ विजन  कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । यस अघि जिल्ला उद्योग वानिज्य संघ रुकुमले समेत किसानको लागि बीउ विजन कार्यक्रम सञ्चालन गरि रहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply