Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » खोलागाउँ गाविसले सर्त अनुसार काम नगरेको


लोकेन्द्र ओली
खोलागाउँ गाविसको न्यूनतम सर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यक्रम गरिएको छ । शनिवार गाविसको कार्यालय खोलागाउँमा सरोकारवाला निकायहरुको उपस्थितमा गाविसको न्यूनतम सर्त तथा कार्यसम्पादन मुल्याङकन  कार्यक्रम गरिएको हो ।
आर्थिक वर्ष २०७० ÷७१ मा खोलागाउँ गाउँ विकास समिति रुकुमले गरेको सम्पूर्ण बजेट तथा योजनाहरुको कार्यसम्पादनको  मुल्याङकन गरिएको स्थानीय वासीले जनाएका छन् । नेपाल सरकारले तोकिएको न्यूनतम सर्तको नापजाँच तथा मुल्याङकन कार्यक्रममा खोलागाउँ गाविस न्युनतम सर्त अनुसार सञ्चालन नभएको कार्यक्रमका सहभागीहरुले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सचिव मनमोहन शाह, एकीकृत नेकपा माओवादीका राधा रोकाय, टोपबहादु खत्री नेपाली कांग्रेस गाउँ कमिटी सभापति, तुलसी ओली एनेकपा माओवादी  शिक्षक भरत वि.क.लघुउद्यम विकास सहजकर्ता महेश्वर  देवकोटा, गाविस प्राविधिक कृष्ण केसीको उपस्थित रहेको थियो ।
न्यूनतम सर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यक्रमको सहजीकरण पूर्ण विएमले गरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply