प्रविर ददेल
रुकुम । जिल्ला सदरमुकाम मुसीकोटबाट चुनबाङसम्म सडक निर्माण कार्य थालिएको १३ वर्ष पुग्यो । तर नौ किलोमिटर मात्र सडकको ट्रयाक निर्माणको काम सम्पन्न भएको छ । सरकारले सडकमा पर्याप्त वजेट नछुट्याउँदा सडक निर्माण कार्य प्रभाबित बनेको हो । तिनवर्षमा सम्पन्न गर्नेगरी सुरु गरिएको योजना बिचमै अलपत्र परेपछि स्थानियहरुलाई सदरमुकाम आवतजावत गर्न तथा सामान ढुवानीमा समस्या भएको छ ।
२०५८ सालमा सुरु गरिएको योजनामा नौ किलोमिटरमात्र सडकको ट्रयाक खोलिएको छ । जिल्ला विकास समितिका अनुसार जिल्लामा सबैभन्दा पहिले निर्माण कार्य थालिएको सडक अझैसम्म पुरा हुन सकेको छैन । सडक निर्माण समितिका उपाध्यक्ष जमान खड्काका अनुसार जिल्ला विकास समितिले सडक निर्माणका लागि पटक पटक अनुरोध गर्दा समेत प्रयाप्त बजेट छुट्याउन नसक्दा योजना अलपत्र परेको उनले जनाएका छन् । ‘प्रयाप्त बजेट नहुँदा ट्रयाक खोलिएको सडक समेत पहिरोमा परिणत भएको छ ।’ उनले भने ‘समिति र टेन्डरमार्फत सडक निर्माण हुने भनेर प्रमुख प्राथमिकतामा राखिएको भएपनि तिनवर्षयता सडक निर्माणमा प्रयाप्त बजेट छुट्याईएको छैन ।’ उनका अनुसार भिरालो ठाउँ भएकाले ठाउँ ठाउँमा संरचना निर्माण गर्दा २ करोड रुपैयाँ सम्म खर्च भईसकेको उपाध्यक्ष खड्काले जनाए । सडक निर्माण अलपत्र परेपछि स्थानियहरु सदरमुकाम सँग जोडिन सकेका छैनन् । जसका कारण स्थानीयहरुलाई आवतजावत गर्न र सामान ढुवानी गर्न सास्ती भएको चुनबाङ ५ का जीबन पुनले जनाए । ‘तिनवर्षमै गाउँमा यातायात सेवा सुरु हुन्छ भनिएपनि सडक निर्माण कार्य सुरु गरेको १३ वर्ष सम्ममा निमार्ण भइसकेको छैन् । ’ चुनबाङ ५ कै जड्क ओललिे भने ‘सडक निर्माणमा प्रर्याप्त रकम विनियोजन नहँुदा अबको दश वर्षमा पनि सडक निर्माण सम्पन्न हुदँैन होला ।’
जिल्ला प्राविधिक कार्यालय रुकुमका अनुसार प्रयाप्त बजेट नहुँदा निर्माण प्रक्रियामा ढिला भएको जनाएका छन् । सदरमुकामदेखि चुनवाङसम्म ३५ किलोमिटर दुरी रहेको इञ्जिनियर पहल पुन बताए । उनका अनुसार सडक निर्माण क्षेत्रमा पहिरोको जोखिम भएकोले ठाराढुङ्गा – ट्याउखोला क्षेत्रमा मेसेनरी पर्खाल, तारजालीको पर्खाल र ग्याबिनबक्सको काम गर्दामात्रै एक करोड रुपैया लागेको छ । सडकमा डेढ करोड रुपैया खर्च भैसकेको छ ।
जिल्ला विकास समितिमा सडक निर्माणका योजनाहरु संचालन गर्नका लागि वार्षिक एक करोडसम्म मात्र रकम प्राप्त हुने र वर्ष –वर्षमा थोरै रकम विनियोजन गरिने भएकाले योजनाहरु संचालनमा ढिलाई भएको इञ्जिनियर पुन बताउँछन । ‘सरकारले जिविसलाई सडकतर्फ पठाउने बजेटभन्दा एउटै आयोजनाको लागत बढि हुने भएकाले योजना संचालनमा ढिलाई हुने गरेको छ ।’ इञ्जिनियर पुनले भने ‘बजेट कम हँदा सडक निर्माण आयोजना सम्पन्न हुन वर्षौ कुर्नुपर्छ ।’
रुकुममा २ करोड रुपैयाँ लगानीमा ९ किलोमीटर सडक, आयोजना सुरु भएको १३ वर्षसम्ममा अधुरै
Tag:






No comments: