लोकेन्द्र ओली
खोलागाउँ । रुकुमको एक सामुदायीक विद्यालयमा भ्रष्टचार मौलाउदैँ गएको छ । जिल्लाको खोलागाउँ गाविस वडा नं ७ मा रहेको श्री जनकल्यान माद्यामीक विद्यालयमा अपारदशी र भ्रष्टचार मौलाउदै गएको हो । गत शैक्षिक सत्रमा जिल्ला शिक्षा कार्यालय रुकुमले विद्यालयमा कम्प्युटर शिक्षा विस्तार कार्यक्रम अन्र्तगत प्रदान गरेको रु १ लाख ४० हजार रुपैया र विद्यालयको रु ४० हजार रुपैयाँ गरी जम्मा रु २ लाख रुपैयाँ समेत अपारदशी देखिएको छ । भने कम्प्युटर शिक्षकको लागि गत असारमा लिएको परिक्षाको रिजेल्ट समेत नगरिएको नाम नभन्ने सर्तमा एक स्थानीयवासीले रेखदेखलाई जानकारी दिए । उनले भने, विद्यालयमा शिक्षाको गुणस्तर खस्कदो र अपारदशी वढ्दै गएको छ । यस विषयमा प्रधानाध्यापका झुपलाल शर्माले कम्प्युटर खरिदको लागि निकाशा गरिएको रकम विद्यालयका नीजि स्रोत शिक्षकलाई तलब खुवाएका जनाएका छन । उनले भने, अन्य स्रोतबाट तलब नपुगेपछि त्यो पैसा पनि त्यसैमा खर्च गरिएको छ ।
यस विषयमा विद्यालयका अन्य शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई जानकारी नभएको वताएका छन् । विद्यालय व्यवस्थापन समितिका का.वा. अध्यक्ष विष्णु शर्माका अनुसार आफुलाई कम्प्युटर शिक्षाका लागि निकाशा गरेको पैसाको बारेमा जानकारी नभएको जनाईन ।
उनले भनीन, यसबारेमा केही थाहा छैन् । नेपाल सरकारले कक्षा ६ र ७ मा अनिवार्य कम्प्युटर विषय समाबेस गरेपछि जिल्ला शिक्षा कार्यालय रुकुमले जिल्लाका सामुदायीक माद्यामिक विद्यालयहरुमा कम्प्युरटर खरिदको लागि १ लाख ४० हजार रुपैया प्रदान गरेको थियो । विद्यालयमा कम्प्युटर सञ्चालनको लागि कन्डक्सन इनर्जि प्रा.लि.ले अनुदान दिएको २४०० वाटको सोलार समेत प्रयोग विहिन भएको छ । भने विद्यार्थीहरु अन्योलमा परेका छन् । परिक्षा दिने समय सम्म पनि कम्प्युटरको बारेमा जानकारी नभएको कक्षा ७ का छात्र दिनेश शर्माले जानकारी दिए ।
उनले भने, विद्यालय परिवार पटक पटक भन्दा सम्म कुनै सुनुवाई भएको छैैन् । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा ५ सय ९६ जना विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा ५४ र कक्षा ७ मा ३२ जना रहेका छन् । विद्यालयमा सरकारी दरवन्दी ४ जना राहत प्रा.वि.१ र नि.मा.वि. ४ जना र ३ जना नीजि स्रोतका शिक्षक रहेका छन् । यस विषयमा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाललाई सम्पर्क गर्दा विद्यालयले कम्प्युटर किने नकिनेको बारेमा छिट्टै अनुगमण गर्ने र नकिनेको पाएमा शिक्षकको तलब रोक्का गर्ने र प्रधानाध्यापकलाई कारवाही गर्ने जनाएका छन् ।






No comments: