
प्रवीर ददेल
रुकुम । अन्तर जातिय विवाह गर्ने जोडिहरु गाउँ निकाला, घर निकाला र कुुटपिट तथा विस्थापित भएको खवर धेरै सुन्ने गरिन्छ ।
तर रुकुमको एक गाउँमा भने गैरदलित आमा वुवाले हिन्दु परम्परा अनुसार छोरीको अन्तरजातिय विवाह गरिदिएका छन् । रुकुम छिवाङ ९ का भिमबहादुर ओली र आमा सुसिला रोकाय ओलीले छोरी कौसिला ओलीको रुकुम सिम्ली १ का चंखबहादुर वि.क. सँग अन्तरजाति विवाह गरि दिएका हुन् ।
गत फागुन २७ गते दलित केटासँग छोरीको भव्यरुपमा विवाह गरिदिएपछि स्थानीयवासी दङ्ग परेका छन् । सुरुमा छोरीले अन्तरजातीय विवाह गर्दा गाउँलेले कुरा काट्ने गरेपछि परिवर्तनको सुरुवात आफैँवाट गर्ने भन्दैँ हिन्दु धर्म अनुसार छोरीको विवाह गरिदिएपछि ओली परिवारले गाउँलेको मुख समेत बन्द गरिदिएका हुन् ।
गत वर्ष प्रेम विवाह गरकी कौशिलाले दलित केटासँग विवाह गरेपनि गैर दलित आमा वुुवाले घरमै जन्ती वोलाएर छोरीको विहे सँगैँ गाउँलेलाई भोज खुवाएको बुवा भिमबहादुर ओलीले रेखदेखलाई बताए । उनले भने, छोरकिो मन मिलेपछि जातले के ग¥यो र ?
अन्तरजातिय जोडिलाई गैर दलित आमा वुवाले स्वीकार गरेको सम्भवत नेपालकै पहिलो घटना हुन सक्ने रुकुमका दलित अधिकारकर्मीले जनाएका छन् । रुकुममा प्रेम फसेर विवाह गरेका अन्तरजातिय जोडिहरु सम्भवत माइती तथा घरपक्षबाट छुट्टीएर वस्ने गरेको, र माइती तथा घरको दवाफमा सम्वन्ध विच्छेद गरेको घटना हुने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जनाए । जिल्ला प्रशासन कार्यालय रुकुमको तथ्याङ्घ हेर्दा वार्षिक एक दर्जन बढी अन्तरजातिय जोडिहरु विवाह भएपनि समाजवाट वहिष्कृत हुने गरेका छन् ।
आमावुवाको सहमतीमा अन्तरजातिय विवाह
Tag:






No comments: