Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » पूर्वलडाकुले रुदैँ सभासदलाई भने, हामीले के पायौ ?



रेखदेख संवाददाता रुकुम ।
जनमुक्ति सेनाका पूर्व लडाकुले रुदैँ सभासदको कोट समातेका छन् । आफुले यद्ध लडेर पनि  देशले विकास तथा निकास नपाएको भन्दैँ रुकुम रुँघा ५ कि पूर्व लडाकु कृष्णा पुनले सभासद गणेशमान पुनको कोट समातेकी हुन् ।
 जिल्ला सदरमुकाम खंलगामा विविसी नेपाली सेवाको साझा सवाल कार्यक्रमको अतिथिको रुपमा रुकुम पुगेका पुनलाई कार्यक्रम पछि भेट्दै  पूर्व लडाकु पुनले भनिन,  देशको लागि गछौँ भन्थेऊ, खै त देशले निकास र विकास पाएको ? हामीले युद्ध लडेर के पायौँ भन्दैँ रोएकी थिईन ।
२०६१ सालमा १३ वर्षेको उमेरमा देश र जनताको लागि भन्दैँ आफुलाई युद्ध लड्न हौसाए पनि पछिल्लो समयमा नेताहहरुले  शहिद परिवार, अपाङ्ग, विस्थापितहरुको समस्याको वारेमा जिम्मेवार नभएको गुनासो गरेकी थिईन ।
 पढ्न लेख्ने समयमा सर्वहारा वर्गको उत्थानको लागी वन्दुक  वोकिकी उनलाई युद्धले आफुलाई नै सर्वहारा बर्ग वनाएको छ । युद्धको तयारीको क्रममा तालिम गदै गर्दा भिरबाट लडेर घाइते र २०६१ सालको खारा लडाईमा हातमा गोली लागेर घाइते भएकी पुनले कुनै राहत र उपचार समेत नपाएको जनाईन । देशको लागि लड्छौ, भन्दैँ हिडेका उनी जस्तै कयौँ पूर्व लडाकुहरु घरन द्याटनमा पुगेका छन् । उमेर हदका कारण अयोग्य ठहरेकी पुनकोे रोल्पामा विहे भएपनि घर परिवारबाट समेत पिडीत भएपछि छोरी सहित माइतीघर रुकुममा बस्दैँ आएकी छिन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply