फलामेढोका रुपमा रहेको एसएलसी परिक्षा चैत ५ गते देखि देशभरी एकैसाथ सञ्चालन भईरहेको छ । एसएलसी परिक्षालाई मर्यादित बनाउने भन्दैँ जिल्ला शिक्षा कार्यालय, शिक्षा समन्वय समिति, सुरक्षा निकाय, पत्रकारहरुलगायतको टोलीले परिक्षा अनुगमनमा तिव्रता बनाएको छ ।
तर यिनै निकायले विद्यार्थीहरु माझ समयमा पाठ्यपुस्तक नपाएको, शिक्षकले कोर्स पुरा नगरेको, पढाईको गुणस्तर मापन गर्ने काम प्रति भने कहिलै अनुगमन तथा मुल्याङंकन गरेको भने देखिदैँ । भने परिक्षामा चिट पु¥याउन तछाडमछाड गर्ने अभिवावक पनि वर्ष भरी आफनो सन्तानले पढे लेखेको छ कि छैन भन्ने विषयमा कहिल्यै जान्ने प्रयास गरिदैँन ।
आखिर जुन सुकै परिक्षा भनेपनि परिक्षा भनेको जस्तो लगायो उस्तै फल्ने तथा परिणाम देखाउने चिज न हो । आखिर वर्षभरी आफनो कर्तव्यलाई पालना गरि पढाई शिक्षक, पढाई लेखाईमा ध्यान दिने विद्यार्थी, समयमा पाठ्यपुस्तक पु¥याउन सरकार जिम्मेवार भए र आफनो सन्ततीहरुको बारेमा वुझने कोशीस अभिभावकले गरेमा परिक्षामा अनुगमन गरिरहनु पदैँन होला । तर वर्षभरी शिक्षकले वर्षभरी पढाएको छ कि छैन् ? पाठ्यपुस्तक पुगेको छ कि छैन् ? विद्यार्थीहरुले पढाईमा ध्यान दिने हो भने अन्तिममा टाउको दुखाउनु पदैँन होला । यो एसएलसीको नाममा अनुगमन विद्यार्थीको घाँटी समानु बाहेक अरु के नै हुन सक्छर ? सक्छौ भने पढाईको गुनस्तर सुधार परिक्षाको परिणाम आफैँ सुर्धिन छ । हैन र ?
सम्पादकीय....अन्तिममा घाँटी समाउने किन ?

Tag:
No comments: