Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » विजयश्वरी जहारी धार्मिक महोत्सव करोड वढी संकलन


लोकेन्द्र ओली
खोलागाउँ । पश्चिम रुकुमको खोलागाउँमा सञ्चालन भएको वियश्वरी जहारी  धार्मिक महोत्सवबाट एक करोड वढी रुपैया संकलन हुने भएको छ ।  गत फागुन २५ गते देखि  चैत २ गते सम्म सञ्चालन हुने विजयश्वरी खोलागाउँ धार्मिक महोत्सवबाट एक करोड वढी रकम संकलन हुने महोत्सव मुल आयोजक समितिका अध्यक्ष मनमोहन शाहले जनाए । उनले भने, चैत १ गते महोत्सवको सातौँ दिन सम्ममा जग्गा दान, नगत दान, तुलादान, गौदान, ग्रह शान्ति, शान्ति कलशलगायतबाट रु ९० लाख रुपैया संकलन भएको रेखदेखलाई जानकारी दिए । उनले भने, अन्तिम दिन चैत २ गते सम्म १ करोड वढी रकम संकलन हुने छ । विजयश्वरी  जहारी धार्मिक महोत्सवमा सवैभन्दा वढी रकम श्री हिमालय उच्च मा.वि. का प्रार्चाय भिमवहादुर ओलीले प्रदान गरेका छन् । उनले ५ लाख ५ रुपैया दान गरेका हुन् । भने सबै भन्दा कम  नगत दान गर्ने खोलागाउँ गाविसमा वेसहारा तथा सुकुम्वासी  जिवन विताएका टाउके वुढाथोकीले २ हजार १ सय रुपैया दान गरेको विजयश्वरी जहारी धार्मिक महोत्सवका निर्देशक शेरवहादुर केसीले जनाएका छन् । धार्मिक महोत्सवमा सवैभन्दा वढी भुमीदान गर्ने खोलागाउँ ४ का सूर्यविक्रम शाहले रु ७ लाख १ रुपैया वरावरको जग्गा दान गरेका छन् । विजयश्वरी जहारी धार्मिक महोत्सवमा संकलन भएको रकमवाट जहारी क्यापस र श्री हिमालय उ.मा.वि. खोलागाउँको भौतिक पूर्वाधार संकलन गर्ने विजयश्वरी धार्मिक महोत्सवका मुल आयोजक समितिका महासचिव तथा हिमालय उ.मा.वि.का प्राचार्य भिमवहादुर ओलीले जनाए । उनले भने, संकलन गरीएको रकमबाट क्याम्पस तथा विद्यालयको भौतिक पूर्वाधार सुधारका साथै पस्तकालय स्थापना, खेलमैदान, विज्ञान प्रयोगशाला स्थापाना गरिने छ ।
कार्यक्रम फागुन २५ गते उद्द्याटन भएको थियो । उद्द्याटन कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष मनमोहन शाहको अध्यक्षतामा र हिमालय उ.मा.वि.का पूर्व अध्यक्ष प्रताप देवकोटाको प्रमुख अतिथि रहेका थिए । भने विशिष्ट अथिति गोविन्द शरणज्यू महाराज र पूज्या दिदी मिरा देवीज्यू रहनु भएको थियो । उद्द्याटन कार्यक्रममा राजनैतिक दल, प्रहरी प्रमुख, स्थानीयवासी पत्रकारलगायतको उपस्थित रहेको थियो ।  कार्यक्रम चैत २ गते सोमवार समापन हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply