Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » एचआइभि संक्रमितलाई वाख्रा उपहार



रेखदेख संवाददाता ।
रुकुमका एचआईभि एडस सक्रमीतलाई वाख्रा प्रदान गरिएको छ । युएमएन रुकुम कलष्टर र नेपाल जनजागरण मञ्चको साझेदारीमा रुकुम ४ घरपरिवार एचआईभि  संक्रमीत परिवारलाई जीविकोपार्जन सुधार गर्न वाख्रा उपहार दिईएको हो । आईतवार जिल्ला विकास समिति रुकुमको सभाहलमा एक कार्यक्रमको आयोजना गरि एचआइभि एडस  संक्रमितलाई वाख्रा पालन व्यवसायको सञ्चालनको लागि प्रति परिवार १० हजार ५ सयका दरले ४ घर परिवारलाई चेक हस्तान्तरण गरेको नेपाल जनजागरण मञ्चका अध्यक्ष शम्भु विसीले जनाए । उनले भने, एचआइभि संक्रमितको परिवारलाई जीविकोपार्जन सुधार गर्न वाख्रा उपहार दिइएको हो  । जसमा विमला गीरी, तुलशा खत्री, विर्मा वि.क.र टेकबहादुर वि.क.ले वाख्रा उपहारको लागि रकम पाएका हुन् । भने एचआइभि संक्रमित परिवारका वालवालिका छात्रवृत्ति समेत दिइएको छ । जिल्लाका कक्षा ५ देखि ८ सम्म अध्ययनरत १० जना वालवालिकालाई रु २ हजारका दरले नगत प्रदान गरिएको एनप्याफका कोषाध्यक्ष टेकबहादुर कुसारीले जनाए ।  कार्यक्रममा जिल्ला विकास समितिका सूचना अधिकृत चिन्तामणी दाहाल, युएमएन रुकुम कलष्टरका ताराहाङ्ग तावालगायत संक्रमित परिवार, संक्रमित परिवारका वालवालिका, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।  भने रुकुमका एचआइभि संक्रमित परिवारको जीविकोपार्जन सुधार गर्न दिगो विकासको लागि सहकार्य नेपाल नाम गैर सरकारी संस्था  गठन गरिएको छ । रुकुम जिल्लामा ५४ जना एचआइभि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply