रेखदेख संवाददात । स्यालापाखा वडा ३ र ४ का ६ घरपरिवारले वारीमा लगाएको लागु औषध अफिम खेती प्रहरीले फडानी गरेको छ । जिल्ला सदरमुकाम स्थित बिमान स्थल सुरक्षा गार्ड सल्लेको प्रहरी टोलीले शनिवार स्थानीयको सहयोगमा अफिम खेती नष्ट गरेको हो । अवैध अफिम खेती गरिएको सूचनाका आधारमा खटिएको प्रहरी स्यालापाखा ३ र ४ वडाका ६ घरले करिव १० कट्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरक्षक होमबहादुर थापाले जनाए । उनले भने, प्र.स.नि. उद्धव सिंह साँकीको नेतृत्वमा खटिएको प्रहरी अफिम खेती नष्ट गरेको हो । उक्त अफिम खेती गर्ने परिवारको वारेमा भने प्रहरीले सार्वजनिक गरेको छैन् ।






No comments: