रेखदेख संवाददाता । रुकुमकी एक शिक्षिकाले पाँच महिना बल्ल हाजिर गर्न पाएकी छिन् । कालिका प्राथमिक विद्यालय गरायला ४ रुकुमबाट गत कार्तिक महिनामा सरुवा भएकी शिक्षीका निर्मला विष्टलाई पाँच महिनापछि विद्यालयले हाजिर बनाएको हो ।
वर्ष १ अंक ८, २०७१ माघ ५ गते प्रकाशित रेखदेख राष्ट्रिय साप्ताहिकको पहिलो पृष्ठमा प्रकाशित समाचार शिर्षक ‘हाजिर गर्न १ लाख ३० मागेपछि...’ भन्ने रुकुम खारा २ मा रहेको जनजागृतिक माद्यामिक विद्यालयको समाचार प्रकाशित भएपछि शिक्षिका निर्मला विष्टले हाजिर गर्न पाएकी हुन । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले समाचारमा बारेमा छानविन गरी उक्त विद्यालयमा शिक्षिका निर्मला विष्टलाई पाँच महिनाकै हाजिर बनाएको जनाएका छन् । रेखदेख पत्रिकामा समाचार पछि उनले कुनै पैसा नवुझाएर विद्यालयमा हाजिर भएको जनाएकी छिन् । त्यस्तै रुकुमको खोलागाउँको विद्यालयमा सुधार भएको छ । रेखदेख राष्ट्रिय साप्ताहिकको वर्ष १ अंक ९, मिति २०७१ माघ १९ गते प्रकाशित समाचार ‘सामुदायीक विद्यालयमा मौलाउदौँ भ्रष्टचार सरोकारवाला मौन’ भन्ने जनकल्यान माद्यामिक विद्यालय खोलागाउँ ७ रुकुमको समाचर प्रकाशित भएपछि जिल्ला शिक्षा कार्यालय रुकुमले अनुगमन गरेर विद्यालयमा भएका अनियमिता सम्वन्धी छानविन गरी सुधार गरेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिएका छन् । उनले भने, समाचार प्रकाशित भएपछि विद्यालयमा अनुगमन गर्दा कम्प्युटर शिक्षामा केही अनियमितता देखिएपछि सुधारको लागि पहल भएको छ । भने गत भदौमा परिक्षा आवेदन लिएपनि रोकिएको परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।
पाँच महिना पछि विद्यालयमा हाजिर

Tag:
No comments: