Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » २०७१लाई फर्केर हेर्दा ...



प्रविर ददेल
रेखदेख रुकुम । २०७१ तपाई हाम्रो माझवाट (चैत ३०) आजबाट  विदा हुँदैँ छ । यो सालमा रुकुम जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाई, पर्यटन, सहकारी, वैङकीङ क्षेत्र सञ्चार, उद्योग व्यापार, यातायात क्षेत्रको सुधार वर्षको रुपमा रहेको छ । विशेषगरी  विकासमा निमार्ण अन्तरगत सल्ले विमानस्थल कालोपत्रे,  नमूना खानेपानी आयोजना निर्माण सुरु, यार्स ट्रेलको निर्माण, रुकुम जिल्ला नेपालकै १८ औ खुल्ला दिशामुक्त क्षत्रे घोषणा भएको छ । भने रुकुम जिल्ला २०७१ सालमै  मुसिकोट नगरपािलका घोषणा जस्ता महत्वपूर्ण कार्य भएको छ । यसका साथै विद्युत क्षेमा समेत उल्लेखय सफलता प्राप्त भएको छ । रुकुम जिल्ला २ गाविस स्यालापाखा र चौखावाङ्घ यसै वर्ष अध्यारोमुक्त क्षेत्र घेषणा भएका छन् । भने जम्मा ५सय २७ किलोवाट विद्युत निमार्ण भएको जिल्ला विकास समिति रुकुमले जनाएको छ । वाढी, पहिरो, आगलागी, चट्याङ जस्ता प्रकोपका कारण ठुला ठुला विपद् निम्त्याएको छ । जसका कारण  करोडौँको धनमालको क्षती भएको छ । भने २३ जनाको मृत्यू भएको छ । जसमा  वाढी, पहिरो, चट्याङजस्ता प्रकोपबाट ७ जना, आत्महत्या ८ जना र फुटकर ज्यान को मृत्यु भएको  हो । गत वर्ष ४६ जना मानवको मृत्यु भएकोमा यस वर्ष आधा घटाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जिल्लामा विभिन्न सरकारी क्षेत्रहरुले गरेको उपलव्धीहरुलाई निम्न रुपमा प्ररस्तुत गरिएको छ । 
स्वास्थ्य ः जिल्ला स्वास्थ्य कार्यालय रुकुमले २०७१ सालमा  १२ गाविसमा पूर्ण खोप युक्त गाविस घोषणा गरेको   छ । भने, मातृ मृत्यूदर घटाएको  छ । त्यस्तै स्थायी तथा अस्थायी परिवार नियोजन प्रयोग कर्ता वढेका छन् । भने अस्पतालमा सुरक्षित तरिकाले सुत्केरी सेवा लिनेको संख्यामा २५ प्रतिसतले वृद्धी भएको छ । भने जटील खालको प्रस्तुती सेवाबाट सेवा लिनेको संख्या वढेको छ । यस वर्ष २९ जना जटिल प्रकारको अप्रेशन सेवा प्रदान गरेको  जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । साथै गत वर्ष ४ झाडापखालाका कारण ४ जनाको मृत्यू भएपनि यसवर्ष शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । भने २०७२ सालमा दुर्गम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा जनचेतना वृद्धि गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।
शिक्षा ः २०७१ सालमा जिल्ला शिक्षा कार्यालयले जिल्ला शैक्षिक गुणस्तर सुधार गर्नको लागि साविककै ४२ गाविसमा एक गाविस एक नमूना विद्यालय अभियान सञ्चालन गरेको छ । भने खंलगा गाविसका सबै विद्याललाई नमूना बनाउने अभियान सञ्चालन गरेको थियो । भने काक्री गाविसका सबै विद्यालयमा मातृभाषा अन्र्तगत  (मगरखाम) भाषामा पठनपाठन सुचारु गरिएको छ । यसका साथै विद्यार्थी सिकाई शिक्षण सिकाई, विद्यालयमा विभेद रहित वातावरणको निर्माण, शिक्षण सिकाई क्रियाकलापमा सुधार, रुकुम जिल्लाको शैक्षिक गणस्तर सुधार गर्न ५३ वुँदे घोषणा पत्र जारी, अनुगमनलाई तिव्रता, अग्रेजी माध्यमबाट पठनपाठन सुरु, विद्यालयमा सूचना प्रविधि शिक्षाको विस्तार गरिएको छ ।  साथै एसएलसी सुधार वर्ष घोषणा गरिएको हुँदा यस वर्ष परिक्षामा सुधार भएको र गुणस्तर समेत वृद्धि हुने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाले जनाए । उनले भने गत वर्ष करिव ५० प्रतिसत विद्यार्थी उर्तिण भएकोमा यस वर्ष ६० प्रतिसत विद्यार्थी उर्तिण हुने जनाएको छ । २०७१ सालमा जिल्ला शिक्षा कार्यालय रुकुमले दरवन्दी मिलान भने गर्न सकेको छैन् । विशेष गरी राजनैति अस्थिताको कारण तथा राजनैतिक प्रभावका कारण गर्न नसेको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको ।

सञ्चार सुधार वर्ष ः २०७१ मा सञ्चार क्षेत्रको विकास तथा विस्तारले  तिव्रता पाएको छ ।  यस वर्ष नेपाल टेलीकमले  पश्चिम रुकुमको टेलिकम  भने सदरमुकाम खंलगा आसपासमा सेवा सुधार गरेको छ ।  पूर्वी रुकुममा सेवा विस्तार गर्दा पूर्वका ... गाविस लगायत सेवा विस्तार गरेको पाईको छ । टेलीकमको सेवाबाट पूर्णरुपमा सन्तुष्टी नभएपनि गत वर्षको तुलनामा  केही सुधार भएको हो । भने रुकुमको सञ्चार माध्यममा पनि आर्कष्ण बढेको छ । गत वर्ष ३ वटा रेडियो भएको रुकुममा  २ वटा थपीएका छन् । भने १ वटा  साप्ताहिक र १ मासिक पत्रिका रहेको रुकुममा यस वर्ष वढेर  ४ वटा साप्ताहिक र १ वटा मासिक पत्रिका निरन्तर रुपमा प्रकाशन भइरहेका छन् ।

सहकारीको लागि आशै आशको वर्र्ष  ः  रुकुमको सहकारी क्षेत्रको लागि २०७१ साल खासै उपलव्धी  वर्ष नभएपनि नयाँ आशाको वर्षको रुपमा रहेको छ । विशेषगरी रुकुमको तरकारी बीउ प्रवद्र्धनका लागि तरकारी बीउ प्रशोधन केन्द्र स्थापना गर्न पहल भएको छ । भने किसानका लागि उन्नत बीउ कार्यक्रम सञ्चालन गर्न ७ वटा सहकारीहरुले कार्यक्रम पाएका छन् ।  जिल्ल सहकारी संस्थाका अनुसार – यस वर्ष विशेष गरी विद्युत सकारी संस्था, पर्यटन सहकारी संस्था र जडिवुटी सहकारी संस्था दर्ता गरेर सक्रिय भएका छन् ।  भने, २०७१ सालमा रुकुममा १० सहकारी संसथा थपिएका छन् । हाल सम्म १ सय ३४ सहकारी संस्था दर्ता भएपनि २६ सहकारी संस्था निष्कृय रहेका छन् । २०७२ मा सहकारी उत्पादन प्रर्वद्धन वर्ष मनाउने जिल्ला सहकारी संस्था अध्यक्ष नरबहादुर खड्काले जनाएका छन्
उद्योग ः उद्योगमा झण्डै ५ करोड रुपैया  लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समिति रुकुमका अनुसार २०७१ सालमा दर्ता भएका ४६ घरेलु तथा साना उद्योगमा ४ करोड ९ लाख ८९ हजार ५ सय ५ रुपैया लगानी भएको जनाएको छ  । २०७१ साल सबै भन्दा बढी कम्प्युटर इनिस्च्यूट दर्ता भएका छन् । सबै भन्दा कम माछा उद्योग रहेको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति रुकुमले जनाएको छ । त्यस्तै होटेल व्यवसाय , पानी मिल, कुखुरा पालन उद्योग फर्निचर उद्योगलगायतका सना तथा घरेलु उद्योग दर्ता भएका हुन् । जसबाट २ सय ७५ जनाले रोजगारी पाएका छन् । नयाँ दर्ता भएका उद्योगबाट करीब  २ करोड १० लाख ६६ हजार ९ सय रुपैँया वार्षिक उत्पादन क्षमता रहेको छ । यस्तै रुकुम उद्योग वानिज्य संघका अनुसार –२०७१ सालमा प्रर्वद्धन भएको जनाएको छ । राप्ती राजमार्ग अन्र्तगत श्रीनगर देखी रुकुम मुसिकोट सम्मको सडकखण्ड ओटासिल भएपछि व्यापार वृद्धि भएको हो । गत वर्षको तुलनामा यस वर्ष करीव १५ प्रतिसत व्यापार व्यवसाय  बढेको जिल्ला रुकुम उद्योग वानिज्य संघ रुकुमका महासचिव नबराज गिरीले जनाए । उनले भने, विशेष गरी २०७१ सालमा रुकुमका तरकारी बीउ उत्पादन तथा वजारीकरण गर्नको  लागि नेपाल सरकार, उद्योग वानिज्य महांसघ, कृषि विकास कोष, (आईएफएडी) हिफर इट्ने सनल कोषको अनुदान सहयोग र रुकुम उद्योग वानिज्य संघको सहजीकरणमा किसानको लागि उन्नत बीउ विजन कार्यक्रम  सञ्चालन गरिएको छ । जसका कारण गरीब किसानको आय आर्जनमा बृद्धि गरी गरिवी न्यूनिकरण  गरिने छ ।
यस वर्ष उन्नत बीउ बीजन कार्यक्रमको लागि रु १ करोड रुपैया विनियोजित गरिएको  छ । जसको लागि रुकुमका ३० वटा  समूह÷ सहकारीले आवेदन दिएतापनि १६ ओटाले मात्र स्वीकृत पाएका छन् । नयाँ २०७२ सगँै  रुकुमको तरकारी बीउ उत्पादन र बजारीकरणमा विशेष ध्यान दिने रुकुम उद्योग वानिज्य संघ  जनाएको छ । यसका साथै रुकुम जिल्लाको व्यापार व्यवसायलाई वृद्धि विकास गर्नको लागि  आन्त्रीक तथा वाह्य लगानीकर्ताहरुलाई उत्प्रेरणा जगाउने र सहजीकरण गरिने छ । यो सँग बैदेशीक रोजगारीलाई न्यूनीकरण गरी स्वदेशमै रोजगार स्थापना गर्न विशेष पहल गरिने छ । रुकुम जिल्लालाई पूर्ण सरसफाईमय बनाउन  मुसिकोट नगरापालिका, जिविस र अन्य सरोकावाला निकायसँग समन्वय गरी अभियानलाई तिव्रता दिईने छ । यसका साथै रुकुममा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ २०७२ मा रुकुम पर्यटन महोत्सवको आयोजना गरी व्यापार व्यवसया प्रर्वद्धन गर्ने लक्ष्य लिएको छ । भने वजार विकास, विस्तार र व्यवस्थीत गर्न समेत पहल गरिने छ ।

यातायात सुधार वर्ष  ः २०७१मा यातायातमा व्यापक सुधार भएको छ ।यात्रुवाहक साधनहरुमा हुने मनपरीलाई रोक्ने काम गरेको छ । विशेषगरी सवारीमा साधनमा सिट क्षमता भन्दा वढी यात्रु राख्न नपाई, यात्रुवाहक वसमा यात्रुको सामान वाहेक अन्य सामान ढुवानी गर्न नपाईने,  ग्रामीन स्तरमा सञ्चालन नयाँ भाडादर कायम दुर्घटना न्यूनीकरण गर्न टाईम कार्ड लागु जस्ता महत्वपूर्ण कार्य  भएको हो ।
होटेलमा लगानी ः शान्ति स्थापना सँगै होटेल व्यवसायमा लगानी वढेपनि विशेषगरी २०७१ सालमा यो क्षेत्र थप लगानी कर्ता बढेका छन् । विशेष गरी राप्ती राजमार्ग अन्र्तगत श्रीनगर देखी मुसिकोट सम्म सडक खण्ड ओटासिल भएपछि रुकुमको होटेल व्यवसाय लगानी सँगै कारोवारमा वृद्धि भएको हो । भने सुविधा सम्पन्न होटेलहरु समेत  खुल्ने क्रम बढेको छ । जिल्ला होटेल व्यवसाय संघका रुकुमका अनुसार यस वर्ष झण्डै ५० होटेल थपीएको र जसमा ५० लाख रुपैया लगानी भएको देखिन्छ । जसवाट  २ सय ५५ जनाले रोजगारी पाएको जिल्ला होटेल व्यवसाय संघका अध्यक्ष नबराज गिरीले जानकारी दिएका छन् ।

बैङक क्षेत्रको विकास वर्ष ः २०७१ सालमा रुकुम जिल्लामा बैङकीङ क्षेत्रको विकास भएको छ । विशेषगरी नेपाल राष्ट्र वैकबाट ‘क’ वर्गको अनुमती प्राप्त पाएका बैंकहरुले समेत रुकुममा शाखा विस्तार गरेका छन् । नेपाल बैंकको तथ्याङ अनुसार २०७१ सालमा ११ करोड ऋण प्रवाह गरेका छ । भने हाल सम्म  चल्ती खातमा ५४ करोड, वचत खातामा २८ करोड र १ करोड ६५ लाख रुपैया नेपाल वैकमा रहेको  नेपाल बैंक शाखा प्रवन्धक योगराज महत जनाए ।
कुमारी बैंक ः कुमारी बैकले ६ महिनामा नै २ करोड रुपैया निक्षेप संकलन गर्न सफल भएको छ । सरकारी तथा गैर सरकारी संघ संस्था सँग समन्वय गरेर कुमारी वैकले रुकुम जिलामा १ हजार ग्राहक बनाएको छ । विशेष गरी रुकुम  जिल्लाको कृषि, व्यापार, घरकर्जा जस्ता क्षेत्रमा लगानी गरेको कुमारी वैंकका शाखा प्रबन्धक सुदन खत्रीले जनाए । उनले भने,  रुकुममा कुमारी बैक सम्पूर्ण रेमिटेन्स सेवा प्रदान गदैँ आएको छ । कुमारी बैकको आगामी योजना पहँच विस्तार, गुणस्तरीय सेवा, उद्योग,  व्यापारी, सरकारी तथा गैर सरकारी संघ संस्थासँग समन्वय गरेर रुकुमको शिक्षा, कृषि, क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ ।
यती डेभलप्मेन्ट बैक ः २०७१ सालमा यती डेभलप्मेन्ट बैंकले ९ करोड ऋण प्रवाह गरेको छ ।  गत वर्षको तुलनामा ४ करोड ऋण वढी प्रवाह गरेको जनाएको छ । भने वचत ८ करोड रुपैया गरेको छ । गत वर्षको तुलनामा  १ करोड रुपैया वृद्धि भएको हो । यो वर्ष  १५ लाख रुपैया नाफा भएको यती डिभलप्मेन्ट बैकले जनाएको छ ।  १० गुणा वढी खातामा ३ सय ग्राहक वृद्धि गरेको छ । यसका साथै  विपन्न वर्ग कर्जा ५० लाख लगानी  गरेको छ भने यस वर्ष ग्राहक ५ सय वचत खाता सञ्चालन भएका छन् ।  यस वर्ष ऋण गरिव तथा विपन्न परिवारलाई ऋण प्रवाह गरी जिवीको पार्जन सुधार गरेको । लघुवित्त कार्यक्रम मार्फत १ करोड ऋण प्रवाह गर्ने । मुद्धती खाता सञ्चालन गर्ने र वचतमा वृद्धि गर्ने लक्ष्य रहेको छ । 
ग्लोवोल आइएमी फानान्सिल बैंक ः ग्लोवोल आइएमी फानान्सिल बैंकले २०७१ सालमा सवा करोड ऋण प्रवाह गरेको छ । यो वैकले मुख्य व्यापारी केन्द्र रुकुमकोट र आठविसकोटमा  समेत ऋण सेवा प्रवाह गरिरहेका छ । भने व्यापारी केन्द्र सोलावाङ्घमा शाखा रहित सेवा सञ्चालन गरिएको छ । आगामी दिनमा यो वैकले एटीम सेवा विस्तार गर्ने प्रमुख लक्ष्य रहेको जनाएको छ ।
सिभिल बैंक ः यस वैकले २०७१ मा डेढ करोड ऋण प्रवाह गरेको छ । भने वचत तिन करोड रुपैया संकलग सफल भएको छ । यस बैंकमा ६ सय ग्राहक वनाउन सफल भएको छ । भने  रेमिटेन्स सेवा समेत प्रवाह गदै आएको छ । सभिल वैंक विशेष गरी हाइड्रोपावरमा लगानी गरीरहेको छ । आगामी वर्षमा ऋण प्रवाह, वचतका विपन्न वर्ग समक्ष आफनो सेवालाई विस्तार गर्ने लक्ष्य रहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply