Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » समवेदना र राहत बोकेर भुटानी प्रधानमन्त्री काठमाडौंमा



भुटानको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

१४, वैशाख काठमाडौं । नेपालमा भएको महाविपत्तिलाई आफ्नै विपत्ति सम्झेर उत्तर पूर्वी हिमाली छिमेकी राज्य भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे काठमाडौं आएका छन् ।
भुटानी राजाको तर्फबाट नेपालले व्यहोरेको क्षतिप्रति दुःख र समवेदना प्रकट गर्न प्रधानमन्त्री आफैं विशेष विमानबाट काठमाडौं आएका हुन् ।
उनले नेपालका आफ्ना समकक्षी सुशील कोइरालालाई अंकमाल गर्दै दुःखको यो घडीमा भुटान नेपाली जनताको साथमा रहेको बताएका छन् । भुटानले नेपाललाई यो विपत्तिमा सघाउन थप १० करोड रुपैयाँ राहत सहयोग घोषणा गरेको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले भर्खरै ट्वीटमार्फत सो घोषणा गरेका हुन् । तोग्बेले भूकम्पबाट बिनाश भएको बसन्तपुर दरवार स्क्वायर लगायत विश्व सम्पदा सूचीका ध्वस्त संरचनाहरुको अवलकोन समेत गरेका थिए ।
यसैबीच नेपालमा भएको मानवीय क्षति र राष्ट्रिय विपत्तिमा शोक मनाउदै भुटानले सोमवार आफ्नो राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply