रेखदेख संवाददाता
रुकुम (मुसिकोट) । नेपाली कांग्रेसको महाधिवेशन मिति तय भएसँगै रुकुममा क्रियाशिल सदस्यको पनि टुंगो लागेको छ । लामो समय सम्म विवादीत बनेको क्रियाशिल सदस्याताको विषयमा भागबण्डा मिलेपछि नयाँ क्रियाशिल सदस्य टुंगो लाग्नुका साथै पुराना क्रियाशिल सदस्यता नविकरण कार्यले पूर्णता पाएको हो । नेपाली कांग्रेस रुकुमका अनुसार पुराना १ हजार ५ सय ४७ जना क्रियाशिल सदस्य रहेकामा यस वर्ष १ हजार ६ सय ५८ जना नयाँ क्रियाशिल सदस्य थपिएका छन् । भने जिल्लामा नेपाली कांग्रेस क्रियाशिल सदस्य संख्या ३ हजार २ सय ५ जना रहेको नेपाली कांग्रेस रुकुमले जनाएको छ । नयाँ क्रियाशिल सदस्यताको वितरणको वारेमा संस्थापन र देउवा पक्षको बीचमा विवाद हुदै आएको थियो । संस्थापन पक्ष मानिने नेपाली कांग्रेस महासमिति सदस्य प्रेमप्रकाश ओली मार्फत वितरण भएका ६ सय नयाँ क्रियाशिल सदस्यता विषयमा लामो विवाद भएपनि अन्त्यमा देउवा पक्ष मानिने नेपाली कांग्रेस महासमिति सदस्य कृष्णबहादुर रोकायलाई २ सय ५० नयाँ क्रियाशिल सदस्यता भाग दिएपछि नयाँ क्रियाशिल सदस्याको टुंगो लागेको हो ।
अधिवेशन सुरु हुन करिव साढे ३ महिना बाँकी रहदा नेपाली कांग्रेस रुकुममा अधिवेशनको तिव्र चहलपह हुन थालेको छ । विशेषगरी नेपाली कांग्रेसमा देखिएको दुईधार आ आफनो पक्षमा महाधिवेशनको नतिजा पार्ने रणनीतिमा देखिन्छन् । यस अन्र्तगत छुट्टा छुट्टै भेटद्याट तथा छलफल हुन समेत गर्न थालेको छ । सदस्यताको हिसाव किताब गर्दा संस्थापन पक्ष आफु बलियो रहेको र नेतृत्व आफनो पक्षमा हुने जनाएको छ । भने नेतृत्व आफनो पक्षमा पार्ने योजनामा देउवा पक्ष पनि सक्रिय रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पटक पटक संस्थापनको चेपुवामा परेको देउवा पक्ष यो महाधिवेशनमा नेतृत्व आफनो पक्षमा पार्ने विशेष योजना बनाएको जनाएको छ । भने साउन दोस्रो साता गाउँ अधिवेशन, तेस्रो साता क्षेत्रीय अधिवेशन र साउन अन्तिम साता जिल्ला अधिवेशन हुने भएको छ । भने केन्द्रिय महाधिबेशन भदौ २४ देखि २८ सम्म काठमाण्डौमा हुने नेपाली कांग्रेस रुकुमले जनाएको छ । जिल्ला अधिवेशनमा गाउँ गाउँबाट प्रतिनिधी छनौट भएर आउने प्रावाधान रहेको छ । जसमा महिला २ जना, दलित १ जना, जनजाती १, अपाङ्ग तथा अल्पसंख्यक १ र अन्य ४ जना प्रतिनिधि छनौट हुनेछन् । यसका साथै १ सय क्रियाशिल सदस्य हुने गाविसमा थप १ जना र २५ जना महिला क्रियाशिल सदस्य हुने गाविसमा १ जना महिला प्रतिनिधि छनौट हुने जनाएको छ ।
कांग्रेसको क्रियाशिल विवाद भागबण्डामा मिल्यो

Tag:
No comments: