काठमाडौं, वैशाख १४ - पूर्वी नेपालमा सोमबार वेलुका भूकम्प गएको छ । बेलुका ६ बजेर २० मिनेट जाँदा पूर्वका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो ।
इलामको सूर्योदय आसपास केन्द्रविन्दु भएर ५ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको झड्का महसुस भएका ठाउँहरुको जनजीवन त्रसित बनेको छ । यो भुकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन ।
No comments: