प्रविर ददेल
रेखदेख संवाददाता
मुसिकोट । शनिवार गएको ७ दशमलव ८ रेक्टर स्केलको महाभुकम्पले रुकुममा समेत क्षती पुगेको छ । रुकुम तकसेरा १ का भुकम्पका कारण १ जनाको मृत्यु भएको भएको छ मृत्यु हुनेमा तकसेरा १ का वर्ष ७० का सहने कामी रहेका छन् । शनिवार घरमा काम गरिरहेका कामी भुकम्पका कारण वेहोस भएर मृत्यु भएको हो । भने जांङ १ का वर्ष १३ का टेकमान सेन घाईते भएका छन् । जंगलमा गोठालो गएको अवस्थामा भुकम्पका कारण ढुङगा खसेर घाईते भएका हुन् । घाईतको दाया गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । प्रहरीहरुका अनुसार – रुकुममा भुकम्पका कारण ३६ घर, एक गोठ, र एक पर्खाल भत्कीएको जनाएको छ ।
आईतवार जिल्ला प्रशासन कार्यालय रुकुममा भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा रुकुममा भौतिक पूर्वाधारको क्षती व्यापक भएको जनाएको छ । विशेषगरी तकसेरामा ६ घर, मुसिकोट नगरपालिकामा ८ घर,जांङमा १० घर, रुकुमकोटमा ९ घर भत्कीएका छन् । यसका साथै गरायला १, पुर्तिमकाडा १, मग्गामा १ र हुकाममा एक गोठ गरी ३६ घर एक गोठ भत्कीएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिजवालले जनाए । उनले भने, रुकुमका ३ घर पूर्ण रुपमा क्षती भएको, १४ घर वस्न नमिल्ने, र १९ घर सामान्य रुपमा क्षती भएको जनाए ।
यसका साथै प्राथमीक विद्यालय मग्मा ५ वास्तोलाको ३ कोठे भवन पूर्ण रुपमा क्षती भएको छ । भने ईलाका प्रहरी कार्यालय चौरजहारी, प्रहरी चौकी पुर्तिमकाडा, प्रहरी चौकी गोतामको र विमान सुरक्षा गार्ड सल्लेको प्रहरी पोष्ट समेत भुकम्पले क्षती गरेको जनाएको छ । यसका साथै सल्ले विमान स्थलको भवन र धावनमार्गको दिवाल समेत चर्केको छ । रुकुम दर्गम भएका कारण गाउँ गाउँवाट भुकम्पका कारण क्षतीको विवरण आउने क्रम जारी रहेकाले क्षती विवरण वढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
रुकुममा भुकम्पले १ को मृत्यु ३६ घर भत्कीए

Tag:
No comments: