Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुम फिर्ता हुन चाहानेलाई गाडिको व्यवस्था


रेखदेख संवाददाता
बैशाख १४ रुकुम ।
सिस्ने हिमाल वस तथा मिनी वस व्यवसायी समिति र रुकुम उद्योग ावनिज्य संघ रुकुमको पहलमा महाभुकम्प का कारण काठमाण्डौमा परेका रुकुमेलीलाई रुकुम फिर्ता गर्न गाडिको व्यवस्था गरेको छ । सोमवार रुकुम उद्योग वानिज्य संघ र सिस्ने हिमाल वस व्यवसायी समितिको छलफलले यस्तो निर्णय गरेको हो । शनिवार र आईतवार काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा गएको भुकम्पका कारण हजारौ रुकुमेलीहरु अलपत्र परेको हुन सक्ने भन्दै मंगलवार काठमाण्डौमा सिस्ने हिमालका ४ वटा गाडि पठाएको जनाएको छ । जसमा ना. ४ ख. ७७१७, ना. ४ ख . १८३६, ना. ४ ख ६६६८ र ना. ४ ख ४०१२ नम्वरको गाडिको व्यवस्था गरेको रुकुम उद्योग वानिज्य संघ रुकुमका महासचिव नवराज गीरीले जानकारी दिए । उनले भने गाडिमा आउन चाहाने रुकुमेलीहरुले ९८०३९१२५६१, ९८४३७२५७६१, ९८४७८३३११४, ९८४७९४२०६१ र  ९८५७८२३०२५ सम्पर्क गनुहुन अनुरोध समेत गरिएको छ ।  भने थप गाडि समेत पठाउन पहल भएको समेत जानकारी गराएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply