Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » भुकम्प पीडितलाई घर फर्कन रुकुमबाट निशुल्क बस ब्यबस्था


रुकुम १५ बैशाख ।
भुकम्पको बिपत्तिमा परी राजधानिमा पिडित बनेकाहरुको समस्यालाई मध्यनजर गर्दै सिस्ने चौरजहारी यातायात समितिले आज थप दुई ओटा बस काठमाडौ पठाएको छ । काठमाडौमा थप समस्या हुने र महामारी हुन सक्ने खतरालाई मध्यनजर गर्दै रुकुम घर भई काठमाडौमा कामको सिलशिलामा रहेका पिडितहरुलाई घर फर्काउन समितिले उक्त पहल गरेको जनाएको छ । सोमबार सदरमुकामबाट चार ओटा र मंगलबार चौरजहारीबाट दुई ओटा बस काठमाडौ पठाईएको बताईएको छ । समितिको चौरजहारी स्थित कार्यालयबाट मंगलबार थप गरिएका दुई बसमा पिडितहरुलाई निशुल्क यातायात सुविधाको ब्यबस्था गरिएको समितिका महासचिव जितेन्द्र बुढाथोकिले बताए । उनले भने, रुकुम जिल्ला फर्कन चाहने पिडितहरुले काठमाडौको कलंकी नजिक रहेर सम्पर्क गर्न महासचिव बुढाथोकिले अनुरोध गरेका छन् । ना ५ ख ५१३५ र ना ५ ख ५१३७ नम्बरको बस बुधबार बिहान कलंकी पुगिसक्ने भन्दै जानकारीका लागी ९८१५५०५१५६, ९८४६८५२६८८, ९८००५०१०७८ र ९८४८०१६६०६ नम्बरका मोबाईलमा सम्पर्क गर्न सकिने उनले जानकारी दिए । राजधानिबाट जिल्ला बाहिर फर्कने यात्रुहरुले सास्ती पाएको खबर पछि जिल्लाबासीहरु सहजताको लागी निशुल्क बस पठाईएको जनाएको छ । विपत्तको बेला यातायात व्यवसायीले गरेको यस्तो  कार्यको  जिल्लामा स्रहना गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply