Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » सोलावाङ देखि तकसेरा सम्मको सडक ग्राविल गर्ने प्रधानमन्त्री कोइरालाको वाचा


रेखदेख संवाददाता रुकुम ।  प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृतिक महोत्सव  २०७२ को उद्द्याटन कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
 नयाँ संविधान जारी भएसँगै विकास निर्माणले गति लिने भन्दै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबै राजनीतिक दलको एकतावद्धता भएर अगाडि वढ्न आग्रह गरेका छन् ।
राना शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा लडार्इँ झगडा गर्ने नभै विकास गर्नु प्रमुख दायित्व नेपालका राजनीतिक दलमा आएको भनाई प्रधानमन्त्रीको छ । ‘तपाईँ हामी के का लागि र को सँग लडाईँ झगडा गर्ने हो प्रधानमन्त्रीले  भने, अव मिलेर विकास गर्नु पर्ने वेला आएको छ ।’
नेपाली जनता तथा नेपालका राजनीतिक दलहरुले विभिन्न समयमा देश विकासकै लागि भनेर गरेको योगदानको मूल्य लिने बेला आएको भन्दै प्रधानमन्त्रीले नेपाललाई अव आधुनिक युगमा लैजानुपर्ने खाँचो रहेको समेत जोड दिएका छन् । यसका १२ वर्षे शसस्त्र द्धन्दका कारण रुकुम विकासमा अवरोध पुगेको हुँदा अव विकास निर्माणमा लाग्न रुकुमेली जनताहरुलाई  आग्रह गरे ।
 उनले भने रुकुमको कृषि, पर्यटन, उद्योग यातायात क्षेत्रको विकासमा लाग्ने समेत जनाए । पूर्वी रुकुमको तकसेरामा यातायातको सहज पहँच नभएको प्रति चासो व्यक्त गदै प्रधानमन्त्री कोइरेलाले सोलावाङ देखि तकसेरा सम्मको सडक ग्राविल गर्ने पहल गर्ने वताए ।
प्रधानमन्त्री कोइरालाले रुकुम पर्यटन वर्ष २०७२ को समेत समु उद्द्याटन समेत गरेका छन् । महोत्सव ईतिहास, भाषा, कला, सांस्कृतिक, जनजातीको पहिचान, जडिवुटी, कृषि, पशुपालन पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ   सञ्चालन गरिएको महोत्सव आगामी बैशाख ५ गते सम्पन्न गरिएको छ । महोत्सवमा करिव २० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply