प्रविर ददेल
मुसीकोट नगरपालिकाको क्षेत्र भित्रका व्यापारी केन्द्रहरुमा माग अनुसार खानेपानीको सहज आपुर्ति गर्नेगरी नमूना खानेपानीको निर्माण कार्य सुरु भएको छ । झण्डै रु १७ करोड रुपैयाको लगानीमा निर्माणधिन नमूना खानेपानी आयोजना निर्माणकार्य सुरु भएको हो ।
नेपालका सरकारको रु ११ करोड ८७ लाख १४ हजार ७ सय ९६ रुपैया ८५ पैसा, नगरविकासको ऋण स्वरुप रु ४ करोड २३ लाख ९८ हजार १ सय ४१ रुपैया ७३ पैसा र समुदायको ५ प्रतिसत नगद रु ८४ लाख ७९ हजार ६ सय २८ रुपैया ३५ पैसा गरि जम्मा १६ करोड ९५ लाख ९२ हजार ५ सय ६६ रुपैया ९३ पैसाको लगानीमा मुसीकोट नगरपालिका भित्रका शहरी क्षेत्रमा नमूना खानेपानी निमार्ण गरिने भएनी यस अघिनै सम्झौता भए अनुसार काम सुरु भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र केसीले जनाए । उनले भने, खानेपानी आयोजना मार्फत मुसीकोट नगरपालिका क्षेत्र भित्रका वडा नं १, २ र ४ वडाका १ हजार १ सय १३ घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याइने भएको छ । खानेपानी योजना मार्फत नीजि धारा १ हजार ५७ वटा, इन्टेक ३ वटा, पानी प्रशोधन केन्द्र ३ वटा, सार्वजनिक सौचालय ३ वटा, स्लज डाइन वेस ५ वटा, फोहरमैला व्यवस्थापन क्षेत्र १ वटालगायतको क्षेत्रको निमार्ण गरिने खानेपानी उपभोक्ता महासंघ सचिव केदारसिहं गौतमले वताए । बड्दो जनसङख्याको चाप, खानेपानीको बर्षेनी बढ्दो माग, सहरीकरण तथा पुर्वाधार विकासलाई लक्षित गरी उक्त खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।
अहिले मुसीकोट नगरपालिकाको नमूना खानेपानी योजना निर्माण सेवा क्षेत्र भित्र दैनिक करिव ६० लाख लिटर खानेपनीको माग रहेकोमा २५ देखी ३० लाख लिटरसम्म मात्र आपुति हुूदै आएको सचिव गौतमले जानकारी दिएका छन् ।
आयोजना अन्र्तगत ढल निकास,ढल व्यवस्थापन,डम्पीङ साईड निर्माण तथा व्यवस्थापन,सौचालय निर्माण र ढल प्रसोधनका कामहरु हुनेछन् । त्यस्तै अति गरीव तथा विपन्न समुदायको लागी निशुल्क खानेपानी लगायतका अन्य उपआयोजनाहरु पनि संचालन गरिने छ । साँखको पानीखोला, खंलगा टिम्मुर खोला, घ्यु खोला र लहरा भिजाउने खोलाको मुहानबाट पानी ल्याई मुसीकोट नगरपालिका भित्र खानेपानीको आपुर्ति गरिने छ । यो आयोजना जिल्लाकै नमूना र उत्कृष्ट आयोजना बन्ने र २० बर्ष पछि हुने खानेपानी अभावलाई समेत मध्यनजर गरी काम यही माघ महिना देखि सुरु गरिने छ ।
आयोजनामा भौतिक योजना तथा निर्माण मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग,साना सहरी खानेपानी आयोजना,नगर विकास कोष लगायतको संलग्नता रहने जनाइएको छ ।
निर्माणधिन खानेपानी आयोजना आर्थिक वर्ष २०७३ ÷७४ मा निमार्ण गर्ने गरि कनकाई इन्टरनेशनल विल्डरस निर्माण कम्पनीले नमूना खानेपानी योजना निर्माणको जिम्मा पाएको जनाएको छ ।
मुसिकोट नमूना खानेपानी आयोजना निमार्णकार्य सुरु

Tag:
No comments: