लोकेन्द्र ओली
रेखदेख संवाददाता खोलागाउँ ।
रुकुमको एक सामुदायीक विद्यालयमा ५ वर्ष देखि जनलेखा परिक्षण हुन सकेको छैन् । जिल्लाको पश्चिम चौरजहारी गाविसमा रहेको श्री माद्यामिक विद्यालय खहरे रुकुममा ५ वर्ष देखि जनलेखा परिक्षण हुन नसकेको हो ।
२०६७ सालमा देखि सो विद्यालयमा सामाजिक परिक्षण र जनलेखा परिक्षण हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । विद्यालयका प्रधानाध्पक नेत्रवहादुर वुढाले वि.व्य.स.को निष्कृयता र आफ्नो कमी कमजोरीका कारण जनलेखा परिक्षण गर्न नसकेको स्वीकार गरेका छन् ।
विद्यालयमा ५ वर्षदेखि जनलेखा परक्षण नहुँदा नहुँदा विद्यालयमा आर्थिक हिनामिना तथा अपारदर्शी हुदैँ गएको नाम नभन्ने सर्तमा एक स्थानीयवासीले रेखदेखलाई वताए । उनले भने, विद्यालयमा ५ वर्ष देखिको आय व्यय हिनामिना हुँदै आएको छ । भने जनताहरुमा निरासा छाएको उनले जनाए । यस विषयमा वि.व्य.स. अध्यक्ष विगेन्द्र कुमार सुनारका अनुसार – सामाजिक परिक्षण र जनलेखा परिक्षण गर्ने विषयमा अध्यक्ष भन्दा प्रधानाध्यापक र अघिल्लो वि.व्य.स. नै मुख्य दोषी रहेको जनाएका छन् । अघिल्लो वि.व्य.स. समितिले गरेको कार्यक्रमको वारेमा कुनै जानकारी नभएको अध्यक्ष सुनारले जनाएका छन् ।
यस विषयमा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालाई वुझ्दा प्रत्येक शैक्षिक शत्र भित्र सामाजिक परिक्षण र जनलेखा परिक्षण गर्नुपर्दछ । यदी त्यस नभएको पाइएमा शिक्षाबाट दिइने अनुदान रकम रोक्का हुनुका साथै विद्यालयका प्रधानाध्यापक र वि.व्य.स. समितिलाई कारवाही हुने जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
५ वर्ष देखि भएन जनलेखा परिक्षण

Tag:
No comments: