Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » विपल्व माओवादीले खुकुरी नचायो, प्रहरी टुलुटुलु हेरे


नेकपा माओवादी  नेत्रविक्रम चन्द विपल्व पक्षले जिल्ला सदरमुकाम मुसिकोटमा खुकुरी नचाएको छ । एकीकृत सांस्कृतिक अभियान कार्यक्रममा अन्र्तगत  सञ्चालन गरेको सास्कृतिक कार्यक्रममा  सामना परिवारका कलाकारहरुले खुकुरी नचाएका हुन् ।  १२ वर्षे शसस्त्र द्धन्दको झल्को दिने गरी चलाएको गाउँ जगारण सांस्कृतिक अभियानले रुकुमेलीको मनमा डर र त्रास छाएको थियो । 
हातमा नाङ्गो खुकुरी, जनयुद्धताकाको माओवादी सेनाको कमब्याट सहित  सामना परिवारका कलाकारहरु नाच्न थालेपछि रुकुमेलीहरु निरासा भएका हुन् । १२ वर्षे द्धन्दको क्रममा गाउँ गाउँमा गर्ने सांस्कृतिक कार्यक्रम शान्ति  स्थापना सँग देखिन छाडेको थियो ।
तर आइतवार जिल्ला सदरमुकाम खंलगा स्थित वालमन्दिर प्राङ्गनमा  एकाएक युद्धताकाकै झल्को दिने गरेर कार्यक्रम सञ्चालन गरेपछि   कतै युद्ध हुने त हैन ? भनेर रुकुमेलीहरु चिन्तीत वनेका छन् । भने रुकुमेलीहरुका मनमा डर, त्रास सृजना भएको सांस्कृतिक कार्यक्रमका सहभागी कमला केसीले रेखदेखलाई बताईन । उनले भननी,  सांस्कृतिक कार्यक्रमले  १२ वर्षे युद्धकै झल्को दियो । यसले मनमा चिसो पसेको उनको भनाई छ ।
गाउँ जागरण अभियान अन्र्तगत नेत्रविक्रम चन्द विपल्व माओवादीले रुकुमको गाउँ गाउँ सम्म जागारण  अभियान सञ्चालन गर्ने जनाएको छ ।  नेकपा माओवादीका विपल्व पक्षका   केन्द्रिय सदस्य तथा रुकुम सल्यान इन्चार्ज मोहलाल चन्दले युद्धको तयारी नभएर कान्तिको तयारी भएको जनाएका छन् । विशेषगरी १२ वर्षे युद्ध लडेका  एकीकृत नेकपा माओवादी लगायतका पार्टीहरुले  शहिदको रगत र शहिद परिवार, अपाङ्ग, वेपत्ताहरुको व्यवास्ता गरेको र राज्य सत्ता दलाहरुको हातमा परेको आरोप लगाउदैँ विपल्व पक्षले जनकान्ति स्वरुप गाउँ जगारण अभियान सञ्चालन गरेको आरोप लगाएको छ  । हामीले युद्ध तथा कान्ति गर्न  रहर नभएर वाध्यता रहेको नेकपा माओवादी विपल्व पक्षले जनाएको ।  हामी जनताको दुःखलाई अधिकार स्थापना गर्न चाहान्छौँ  चन्दले भने । हाम्रो लक्ष्य युद्ध लड्ने नभएपनि नभएपनि जनताको चाहाना र देशले आवश्यकता ठाने युद्ध लड्न पनि सकिने जनाएका छन् ।
जनकान्ति भनेको युद्ध लड्ने होइन, परिवर्तन गर्ने हो, जस अनुसार देशमा मौलाउदँै गएको भ्रष्टचार न्यूनीकरण गर्ने, जनताका हक अधिकार सुनिश्चत गर्ने, जनचाहाना अनुसार संविधान निर्माणका लागि दवाव गर्ने कार्यक्रम रहेको नेकपा माओवादीले विपल्व पक्षले जनाएको छ ।  यस अघि गाविस सचिवहरुलाई एक महिने समय सिमा दिएर सचिव गाउँ फर्क अभियान सञ्चालन विपल्व माओवादी सचिवहरु गाउँमा गए नगएको समेत अनुगमन गरी रहेको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply